धरानेको गर्मी छल्ने गतिलो गन्तव्यको रुपमा बाघखोप पर्यटन गन्तव्यको पनि सम्भावना

असार १४, २०७७ – गर्मी याम लागेसँगै धरानमा पनि गर्मीले चरम रुप लिएपछि धरानेहरु शितलको खोजिमा जानुलाई कुनै समस्या छैन । मधेसको जस्तो गर्मीमा छटपटिनु पर्दैन । धरानेको लागि गर्मी छल्ने ठाउँ प्रसस्तै ठाउँ छन त्यसमध्येबाट धरान २० स्थित बाघ खोप यौटा गतिलो गन्तव्य बनेको छ । धरान बजार देखि सरदर ८ किलोमिटर उकालो हिँडेपछि यो ठाउँ पुग्न सकिन्छ ।

समुन्द्री सतहदेखि लगभक २ हजार मिटरको उचाइमा अवस्थित यो ठाउँलाई धरान नगर पर्यटन समितिले पर्यटकियस्थलको रुपमा विकास गर्ने योजना बनाएको छ । यस ठाउँबाट धरानको रमणीय दृश्य अवलोकन गर्नको साथै सान्त वातावरण अनि शितल हावापानीको अनुभुत गर्न सकिन्छ । यहाँ धरान तथा मधेस क्षेत्रका मानिसहरुको बाकुलो आवत जावत हुने गरेको पाइन्छ । विषेश गरेर धरानका मानिसहरु हरेक दिन हाँचहाँचै जाने आउने गरेका देख्न सकिन्छ ।

यस ठाउँमा तामाङ, राई र लिम्बुको मिश्रीत समुदायको सघन बसोबास रहेको यस ठाउँमा तामाङ परम्परालाई विकास गर्ने धरान पर्यटन समितीले योजना रहेको छ । यहाँ आउनेहरुले स्थानीय अज्र्ञानिक खानाहरुको स्वाद लिनुको साथै यहाँको परम्परागत शैलीको खानको पनि स्वाद लिन सकिन्छ । अहिले स्थानीय पदम तामाङले मात्र होम स्टे सञ्चालन गर्दै आएका छन ।

सँधै चिसो मौसम रहिरहने विषेशता रहेको यो बाघखोप क्षेत्रलाई धरानको नजिकको भेडेटारको बैकल्पिक गन्तव्यको रुपमा हेर्न सकिन्छ । धरानको पर्यटकिय गन्तव्य वाबु डाँडा (चिण्डे डाँडा) यस क्षेत्रबाट करिव २ किलोमिटर तल रहेकोले यो वेल्ट धरानको पर्यटकिइ खेतीको महत्वपुर्ण थलो मानिएको छ । यहि बेल्टमा टाड्केमा चिण्डे डाँडा भ्यु टावर निर्माणाधिन अवस्थामा छ ।

पर्यटकीय क्षेत्र भौगोलिक रुपमा बाघखोप हो नै अर्को कुरा ऐतिहासिक रुपले पनि यो ठाउँलाई पर्यटन खेतीमा टेवा पुर्याएको छ । ठिक अलिकती माथि किरात कालिन ऐतिहासिक थलो सुलिकोट छ । किरात कालिन राज्यको बेला अपराधीलाई सजाय दिने चलन रहेकोले उक्त थलोमा अपराधिलाई सुलि चढाइ सजाय दिइने गरेको किम्बदन्ती पाइन्छ । यस ठाउँमा पर्यटन समितीको लगानीमा माने भञ्ज्याङ्ग देखि सुलिकोटसम्मको लगभक १६० फिट लामो सिँढी निर्माण भइरहेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.