आइसिटी अवार्डको अनलाइन नोमिनेशन आवेदन सुरु

असार १३, २०७७ – आइसिटी अवार्ड २०२० को अनलाईन नोमिनेशनको लागि अनलाई आवेदन सुरु भएको छ । सूचना प्रविधि क्षेत्रमा उल्लेखनिय काम गर्ने व्यक्ति र संस्थालाई प्रदान गरिने यो अवार्डको अनलाईन आवेदन सुरु गरेको हो ।

हरेक वर्ष १७ अगस्टमा आयोजना हुने यो अवार्डको अन्तिम नन्तिम नतिजा भने लकडाउनको प्रभाव र कोरोना महामारिको कारण केहि ढिला हुन जानकारि आयोजकले दिएको छ । अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फाइनल मिति घोषण गर्ने अवार्ड संयोजक राजन लम्सालले जानकारि दिएका छन । यस वर्ष ‘‘इन्नोभेसन इन क्राइसिस रेस्पोन्स” र ‘‘वुमन आइकन” थपिएको संयोजक लम्सालले जानकारि दिएका छन । यो सँगै यस वर्षको आयोजनामा विभिन्न ११ विधामा अवार्ड प्रदान गरिनेछ ।

‘स्टार्टअप’, ‘प्रडक्ट’ र ‘राइजिङ स्टुडेन्ट’ शीर्षकका आइसिटी अवार्ड ‘स्टार्टअप’, प्रडक्ट र इन्नोभेसनको मूल्यांकन गरेर प्रदान गरिनेछन् । त्यस्तै सूचना प्रविधि क्षेत्रका सक्रिय र योगदान गरिरहेका व्यक्तिलाई प्रदान गरिने ‘पायोनियर’, ‘नेपाली डायस्पोरा’, ‘आन्टरप्रेनर’ र ‘मिडिया पर्सन’ शीर्षक अवार्डमा समावेश रहेका छन् । ‘डिजिटल गभर्नेन्स’ सरकारी संस्था र ‘डिजिटल एजुकेशन’ आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने गरिएको छ । सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा अहिलेसम्म ३० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्ट सम्मानित भइसकेका छन् ।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना निर्णायक सदस्य र १० भन्दा बढी निर्णायक सल्लाहकार सदस्यले काम गर्ने श्रोतले जानकारि दिएका छन । छनौट प्रक्रिया विभिन्न चरणमा हुनेछ, स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेशनमा विभिन्न चरणबाट उत्कृष्ट ५ छानोट गर्दै अनलाईन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ । अन्य विधामा भने निर्णायक समुहले विभिन्न चरणमा छनौट प्रक्रिया सञ्चालन गर्नेछन । संयोजक लम्सालको अनुसार यस पर्ष कोरोना संक्रमणको विषम परिस्थितिका कारण छनौट प्रक्रियालाई अझ बढी प्रविधिमैत्री बनाउनेमा जोड दिइएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.