उत्तर कोरिया युरेनियम र प्लुटोनियम अस्त्र नष्ट गर्न तयार: अमेरिकी विशेष दूत

उत्तर कोरियाले आफ्ना सबै युरेनियम र प्लुटोनियम प्रशोधन केन्द्रहरू नष्ट गर्ने प्रतिबद्धता जनाएको उत्तर कोरियाका लागि अमेरिकी विशेष दूतले बताएका छन्। लामो समयपछि सार्वजनिक रूपमा बोलेका स्टेफेन बेगनका अनुसार उत्तर कोरियाली नेता किम जङ अनले आफ्ना सबै हतियार केन्द्रहरू सशर्त नष्ट गर्न तयार रहेको जानकारी अमेरिका र दक्षिण कोरियालाई दिइसकेका छन्।

उतर कोरियाका लागि अमेरिकी विशेष दूत बेगनका अनुसार उत्तर कोरियाली नेता किम जङ अनले आफ्ना सबै परमाणु अस्त्र नष्ट गर्नु अघि अमेरिकाले पनि आफ्ना प्रतिबद्धताहरू पूरा गर्नु पर्ने शर्त राखेका छन्।

त्यसो हुन सके उत्तर कोरियाका सबै अस्त्र नष्ट हुन सक्ने जानकारी उत्तर कोरियाली नेता किमले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र दक्षिण कोरियाली नेताहरूलाई दिइसकेको बेगनको भनाइ छ।BBC

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *