छैटौ इन्द्र बराह गल्फको उपाधि नयन राईको कब्जामा

बैशाख ०४, २०७८ – आज सम्पन्न छैटौ इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ प्रतियोगीताको उपाधि धराने गल्फर नयन राईले हात पारेका छन ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको पार ७० गल्फ कोर्समा आयोजित प्रतियोगीतामा ५ अण्ड खेल्दै राईले ६५ स्कोर गरेका थिए । उनि आजको खेलको उपाधि जित्दा सम्म १६ ह्याण्डीक्यापको खेलाडी थिए भने उनको यो उपाधि सँगै ३ ह्याण्डीक्याप घटेर १३ ह्याण्डीक्यापमा पुगेका छन । उनले जितसँगै ट्रफि सहित १५ हजार बराबरको बराह डिपार्टमेण्ट स्टोरको गिफ्ट भौचर हात पारेका छन ।

यसैगरेर अर्का एमेच्योर गल्फर भरत तामाङले ४ अण्डरमा ६६ स्कोर खेल्दै दोश्रो स्थान हात पारेका छन । उनी यो प्रतियोगीता सम्म १३ ह्याण्डीक्यापको खेलाडी थिए । उनी यो प्रतियोगीता सँगै २ ह्याण्डीक्याप घटेर ११ ह्याण्डीक्यापमा पुगेका छन । उनले दोश्रो स्थानको ट्रफि सँगै १० हजार बराबरको बराह गिफ्ट भौचर हात पारेका छन । यस्तै, आज सम्पन्न भएको प्रतियोगीतामा बलबहादुर राईले ३ अण्डर खेल्दै ६७ स्कोर सहित तेश्रो स्थान हात पारेका छन । उनि २३ ह्याण्डीक्यापको खेलाडी थिए पने यो प्रतियोगीता सँगै उनको पनि २ ह्याण्डीक्याप घटेर २१ ह्याण्डीक्यापमा पुगेका छन ।

प्रतियोगीतामा महत्वपुर्ण मानिने बेष्ट ग्रस उपाधि आकाश राईले हात पारेका छन । उनले १ अण्डर खेल्दै ६९ स्कोर सहित सो उपाधि हात पारेका छन । उनी ५ ह्याण्डीक्यापको खेलाडी थिए । यो उपाधि सँगै उनको १ ह्याण्डीक्याप घटेर ४ ह्याण्डीक्यापमा रहेका छन । यसै गरेर प्रतियोगीतामा ५ ओभर खेल्दै ७५ स्कोर सहित सुमित्रा लिम्बुले पहिलातर्फको उपाधि हात पारेकी छिन भने १७ ओभर खेल्दै ८७ स्कोर सहित शुसिला राईले महिलातर्फको दोश्रो स्थान हात पारेकी छिन । प्रतियोगीतामा ४ ओभर खेल्दै ७४ स्कोर सहित तुलसीराम लिम्बुले सिनियरतर्फको उपाधि हात पारेका छन । जुनियरतर्फ भने सिद्धान्त सापकोटाले २ अण्डर खेल्दै ६८ स्कोर सहित उपाधि हात परेका छन ।

प्रतियोगीतामा विभिन्न विधामा पनि पुरुस्कार प्रदान गरिएको थियो । सोही अनुरुप मोष्ट बर्डिको उपाधि उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भीम दाहालले हात पारेका थिए । यसका साथै लङ्गेस्ट ड्राइभ र नियरेष्ट टु दि पिनको उपाधि क्रमश हेमन्त थापा र टेकबहादुर राईले हात पारेका छन । उनिहरुले ट्रफि सहित १५÷१५ हजार बराबरको बराह भौचर प्राप्त गरेका छन ।

विजेताहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बु, प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रायोजक बराह ग्रुपकी सञ्चालिका विष्णुमाया लामिछाने, बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने, नेपाल गल्फ संघका केन्द्रीय सदस्य एम.बि.लिम्बु, संघका जिल्ला अध्यक्ष डि.बि.राई, उद्योग संगठन मोरङका अध्यक्ष सुरेस प्याकुरेल, बराहका मानबहादुर विश्वकर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.