छैठौ बराह स्मृति एमेच्योर खुल्ला गल्फ प्रतियोगीता यहि बैशाख ४ गते हुने

चैत्र ३०, २०७७ – वर्षेनी आयोजना हुँदै आएको बराह स्मृति एमेच्योर खुल्ला गल्फ प्रतियोगीताको ६औँ संस्करण यहि २०७८ बैशाख ४ गते हुने भएको छ । आज धरान स्थित बराह किचेनमा एक पत्रकार सम्मेलन गरि प्रतियोगीताको बारेमा आयोजक र प्रायोजकले संयुक्तरुपमा जानकारि गराएका छन ।

गल्फ खेलमा विषेश रुचि राख्ने धरानका सफल व्यवसायि तथा बराह ग्रुपको संस्थापक स्व इन्द्रबहादुर विश्वकर्मा लामिछानेको स्मृतिमा विगत सात वर्ष देखि यो प्रतियोगीता आयोजना हुँदै आएको छ । गत वर्ष हुनुपर्ने छैटौ संस्करण कोभिड–१९ कारण रोकिएको थियो । प्रतियोगीता धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको गल्फ कोर्समा हुने भएको छ । धरान गल्फ क्लवका सदस्य समेत रहेका स्व. लामिछाने धरानको खेल क्षेत्रको विकाशमा सँधै अग्रपंक्तिमा रहने गरेका थिए ।

धरान गल्फ क्लव सँग बराह ग्रुपले स्व. इन्द्र बहादुर स्मृतिमा १५ वर्षसम्म निरन्तर प्रतियोगीता आयोजनाको सम्झौता गरेको छ । पन्ध्रौँ संस्करण पछि यो प्रतियोगीताको बन्द हुने हो कि निरन्तर चल्ने भन्ने सञ्चारकर्मिहरुको चासोमा यो त्यसपछि पनि निरन्तर चलिरहनेछ, यो प्रक्रिया नरोकिने प्रायोजक तर्फबाट अर्थात बराह ग्रुपका निर्देक शिव लामिछोनेले बताए ।

यो प्रतियोगीताको सम्पुर्ण खर्च प्रायोजक बराह ग्रुपले गर्नेछ प्रायोजकको भनाइ अनुसार प्रतियोगीता सम्पन्न गर्न लगभक २ देखि ३ लाख सम्म खर्च लाग्नेछ । प्रायोजकबाट उपलब्ध कुल रकमबाट आयोजकले ४० प्रतिशत पुरस्कार राशीको रुपमा खर्च गर्नेछ भने ६० प्रतिशत खेलाडीको लागी खाना, खाजा, कोर्स व्यवस्थापन लगायत प्रतियोगीता व्यवस्थापन कार्यमा खर्च हुने आयोजकले बताएका छन । उक्त प्रतियोगीतामा देशभरबाट ४० गल्फरको उपस्थिती हुने बताइए पनि पोखरा र काठमाण्डौबाट सहभागीता जनाएको खण्डमा ४० भन्दा माथि गल्फरको सहभागिता रहने आयोजकले जनाएको छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.