बास्केवल संघ र मेघा कलेज द्धारा यु २३ बास्केटवल टिमलाई विदाई

विकास चाम्लिङ राई,
माघ २८, २०७७ – काठमाण्डौमा आायोजना हुन लागेको अन्डर २३ बास्केटवल प्रतियोगितामा सहभागि हुन जाने धरानका वास्केटवल खेलाडिहरुलाई वुधवार विदाई गरेका छन ।

धरान १२ स्थित हिमालयन मेघा कलेजको प्रांगणमा विदाई कार्यक्रमको आयोजना गरि धरान बास्केटवल संघ र मेघा कलेजले संयुक्त रुपमा खेलाडिहरुलाई विदाई गरेका हुन । उनिहरुलाई नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि र मेघा कलेजका विविएस कोअर्डिनेटर चन्द्र वनेमले खदा र टिका लगाएरु विदाई गरेका हुन । धरानको प्रतिनिधित्व गर्दै धरान वाट व्रदस वास्केटवल टिमले सहभागिता जनाउनेछन ।

क्वेस्ट इन्टरनेसनल कलेज काठमाण्डौको आयोजनामा फागुन २ गते देखि सुरु हुने प्रतियोगितामा धरानको व्रदस टिम वाट सुजन राईको कप्तानिमा आसिस लिम्वु, कविन मगर, विसालहाङ राई, मौसम राई, जोमन राई, सर्वधन राई, सुसन श्रेष्ठ, अभिमान राई, सन्तोष राई र सुसन राजवंशिले सहभागिता जनाउने छ । धरान व्रदस टिम विहिवारको दिन काठमाण्डौ प्रस्थान गर्ने टिम कप्तान सुजन राईले जनाए ।

विदाई कार्यक्रममा चियापान संगै कलेजले वाटोमा खेलाडिहरुलाई खाजा खानका लागि भन्दै नगद तिन हजार रुपैया समेत प्रदान गरेका छन । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला अध्यक्ष नारायण सुवेदि र कलेजका विविएस संयोजक चन्द्र वनेमले खेलाडिहरुलाई जितको सुभकामना दिएका थिए । कार्यक्रममा हिमालयन मेघा केलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, फाउण्डर मेम्वर जिवन न्यौपाने, दिपेन्द्र यादव, पत्रकार देवेन्द्र कार्की, कलेजका विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.