धरान टिटि क्लव द्धारा खेलाडि विदाई

विकास चाम्लिङ राई,
माघ १३, २०७७ – यहि माघ १५ र १६ गते वुटुवलमा हुन लागेको तेस्रो महिला पुरुष मेयर टेवल टेनिस प्रतियोगितामा सहभागिताका लागि धरान वाट प्रतिनिधित्व गर्ने खेलाडि तथा प्रशिक्षकहरुलाई मंगलवार धरान टेवलटेनिस क्लवले विदाई गरेको छ । १८ वर्ष उमेर समुहकाले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा धरान वाट प्रशिक्षक र खेलाडि गरि १३ जनाको टिमलाई क्लवले विदाई गरेको हो ।

सहभागि खेलाडिहरुमा महिला तर्फ दिक्षा दाहाल, सोनम ठाकुर, अन्जली ठाकुर र सुलेखा ठाकुर रहेका छन भने पुरुष तर्फ अनमोल विक, नवराज राई, सौरभ राई, विशाल मल्लि, सिदार्थ तमाङ्ग, रोमन राई र सुप्रिया नेपाली रहेका छन । प्रशिक्षकको रुपमा धरान उपमहानगरपालिकाका प्रशिक्षक गिता थापा र व्यवस्थापकमा गणेश तामाङ्ग रहेको छ । उनिहरुलाई क्लवका अध्यक्ष सुर्यवहादुर मगर, वरिष्ठ प्रशिक्षक विनोद शक्य, सुनसरी टेवलटेनिस संघ अध्यक्ष नविन श्रेष्ठ र क्लवका अध्यक्ष दुर्गा लामाले खदा र टिका लगाएर विदाई गरेका थिए ।

रुपन्देहि टेवलटेनिस संघको आयोजनामा हुन लागेको प्रतियोगिताका विजेताले नगद २५ हजार , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रले नगद १५ हजार र तेस्रो हुनेले नगद ५ हजार , मेडल , ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ । धरानको टिममा सिदार्थ तामाङ्ग १४ वर्ष मुनिको नेपाल च्याम्पियन रहिसकेको र दिक्षा दाहाल नेपालको टप टेन भित्रका खेलाडि रहेको प्रशिक्षक गिता थापाले जानकारी गराइन । विदाइ कार्यक्रम धरान टेवलटेनिसको आयोजनामा धरान ९ स्थित कभर्डहलमा संपन्न भएको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.