उत्कृष्ट महिला वर्ष खेलाडीकाे उपाधि गाैरिकाले हात पारिन

पुष २८, २०७७ – यस वर्षको उत्कृष्ट महिला खेलाडीमा पाैडी खेलाडी गाैरिका सिंहले उपाधि हात पारेकी छन् । सिंहले गत १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य पदक हात पारेकी थिइन ।

मंगलबार सम्पन्न १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भइकी हुन । उनले १५० सीसीको पल्सर मोटरसाइकल पनि हात पारेकी छिन ।

सम्पन्न १३औं सागमा एकै प्रतियोगितामा सर्वाधिक पदक जित्‍ने खेलाडीको कीर्तिमान गौरिकाले हात पारेकी थिइन । यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.