धरानमा पुष २३ र २४ गते खुल्ला संजीवनी फुटसल हुने

पुष १९, २०७७-संजीवनी उपचार तथा पुनर्स्थापना केन्द्र धरानको आयोजनामा धरान १० स्थित धरान फुटसलमा यहि पुष २३ र २४ गते प्रथम खुल्ला संजीवनी फुटसल प्रतियोगिता हुने भएको छ ।

केन्द्रले संस्थागत रूपमा रचनात्मक कार्य गर्ने नितिगत निर्णय अनुसार फुटसल आयोजना गरीएको केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी गराए । धरान १० स्थित ज्वाई खानामा आज आयोजित पत्रकार सम्मलेनमा बोल्दै ताम्राकारले उक्त जानकारी गराएका थिए । ‘संजिवनी धरान आफै पनि लागुपदार्थ प्रयोग विरूद्धको कार्य गर्ने संस्था हो । हामी खेलकुदको माध्यमबाट भाइचाराको विकास गर्दै लागुऔषध प्रयोग विरूद्ध सकारात्मक सन्देश दिने प्रयासमा छा ।‘ ताम्राकारले भने, ‘यस प्रतियोगिताबाट नव खेलाडीहरूको लागी अवसर र प्रतिभा प्रदर्शन गर्न पाउने मञ्च समेत हुनेछ ।‘ प्रतियोगिताबाट संकलित रकमद्वारा आर्थिक अवस्था कमजोर रहेका ५ जना विरामीहरूलाई निःशुल्क उपचार प्रदान गरीने उनले बताए ।

प्रतियोगितामा धरान सहित काठमाण्डाै, विराटनगर, दमक, विराटचोक, चक्रघट्टी लगायत स्थानहरूबाट टिम आउने आयोजकले जानकारी गराए । प्रतियोगितामा कुल ३२ टिमको सहभागिता हुने आयोजकले जनाए । प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । यस्तै, व्यक्तिगत पुरस्कारमा उत्कृष्ट खेलाडीले नगद १५ सय र उत्कृष्ट गोलरक्षकले १ हजार सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

फुटसलको प्रचारको लागी भोली पुष २० गते दिउँसो २ बजेबाट नेपाल फोटो पत्रकार महासंघ सुनसरी र आयोजक बिच मैत्रीपूर्ण फुटसल खेल हुने भएको छ । यस्तै, प्रतियोगिताबाट संकलित रकमबाट प्रदेश १ का खेलाडी प्रदिप गुरूङलाई समेत सहयोग गरीने भएको छ । यसैगरी, प्रतियोगिता हुने स्थान धरान फुटसलको वरीपरी जेब्रा क्रसिङ समेत तयार गरीने आयोजकले जानकारी गराए ।

दुर्व्यसन मुक्त समाज निर्माणको लक्ष्य सहित २०६५ सालमा स्थापित केन्द्रले उपचार संगै यसअघि नियमित रूपमा फुटबल प्रतियोगिता समेत आयोजना गर्दे आएको छ । आज भएको पत्रकार सम्मेलनमा केन्द्रका उपाध्यक्ष आविष्कार लिम्बु, सचिव मनिष मास्के, कोषाध्यक्ष उमेश राई, अग्रज पत्रकार तथा लेखक जनकऋषि चाम्लिङ, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.