धरान १० के रन नवाैँ नेवा च्यारिटी फागुन ८ गते आयाेजना हुने, सिमित संख्यालाइ मात्र सहभागी गराइने

पुष १८, २०७७ – धरान रन समूहद्वारा सालिन्ने आयोजना हुदै आएको “धरान १० के रन नवाैँ नेवा च्यारिटी २०७७” यहि फागुन ८ गते आयाेजना हुने भएको छ । विगत ८ वर्ष देखि निरन्तर “शिक्षाको लागि च्यारिटी” भन्ने नाराका साथ आयोजना हुने उक्त रनमा यसपटक कोरोना माहामारीको समय भएकोले “स्टे फिट एण्ड हेल्दी-फाइट अगेन्स्ट कोभिड-१९ भन्ने” नारालाइ आत्मासाथ गरिएकाे आज पत्रकार सम्मेलन गरी जानकारी गराइएकाे थियाे ।

धरान भानुचाैक स्थित धरान रनकाे कार्यलयमा पत्रकार सम्मेलन गरी विगतका वर्षहरुभन्दा फरक तरिकाले धरान रनको आयोजना हुने धरान रनका अध्यक्ष रमु राई जानकारी दिएका हुन । उनले यस पटकको नवाैँ नेवा च्यारेटी धरान रनमा बढीमा १ सय जना मात्र धावक धाविकाहरु सहभागी गराउने रणनिति रहेकाे जनाएका छन् । प्रतियोगितामा पुरुषहरुले १० किलोमिटरको दुरी ४० मिनेटमा पार गरेको रेकर्ड भएमा मात्र सहभागी हुन पाउनेछन् भने महिलाहरुले ५० मिनेटमा पार गरेको रेकर्ड हुनेपर्नेछ ।

नवाैँ संस्करणमा उत्कृष्ट साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकधाविकाहरुले मात्र सहभागिता जनाउन पाउने भएकोले दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको आयाेजकले जानकारी गराएका छन । दर्ता पुष १९ गतेबाट खुल्ला हुनेछ । प्रतियोगतामा विगतमा जस्तो विभिन्न उमेर समूह समेत नहुने भएकोले यसपटक खुला क्याटगोरी मात्र हुने बताइएको छ । फागुन ८ गते बिहान ७ बजे सुरु हुने प्रतियोगितामा महिला र पुरुषतर्फ प्रथम हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरीने बताइएको छ । साथमा चौथो र पाँचौ हुनेलाई सान्त्वना पुरस्कार प्रदान गरीने बताइएको छ । दाैडमा सहभागि हुने सम्पुर्णलाई मेडल भने प्रदान गरीनेछ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.