लेस्टर सिटी क्रिस्टल प्यालेससँग बराबरी खेल्दै लिगकाे दाेश्राे चरणमा

पुष १४, २०७७ – चालु इङलिश प्रिमियर लिगमा लेस्टर सिटी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।

गएराती भएकाे खेलमा लेस्टर सिटी र क्रिस्टल प्यालेसबीचको खेल १-१ गोलको बराबरीमा रोकिएको हो । क्रिस्टल प्यालेसका लागि विलफ्रिएड जाहाले खेलको ५८औ मिनेटमा गोल गरेका थिए । त्यस्तै लेस्टर सिटीका लागि ८३औ मिनेटमा हार्भी बार्नेजले जवाफी गोल फर्काउँदै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि लेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीले १६ खेलमा २९ अंक बटुलेकाे छ र शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ३ अंकले पछाडी रहेको छ ।

त्यस्तै क्रिस्टल प्यालेसले १६ खेलमा १९ अंक बटुल्दै लिगकाे १३औ स्थानमा रहेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.