हातेमालो फाउण्डेशन र नेपाल फोटो पत्रकार महासंघबिच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न
मंसिर ०१, २०७७ – हातेमालो फाउण्डेशनको आयोजनामा नेपाल फोटो पत्रकार महासंघ सुनसरी बिच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनको कारण सबै क्षेत्र थलिएको अवस्थामा हाल आएर नेपाल सरकारले खेलकुदलाई महत्वका साथ खुल्ला गरेको अवस्थामा स्वास्थ्यको लागि खेलकुदको आवश्यकलाई मध्यनजर गरि सामाजिक सुरक्षाको नियम पालना गरि उक्त मैत्रीपुर्ण खेल आयोजना गरिएको थियो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा धराने डाक्टरहरुद्धारा सञ्चालन भएको हातेमालो फाउण्डेशनले तिहारको अवसरमा शुभकामना आदनप्रदान गर्दै यो मैत्रीपुर्ण खेल गरिएको हो । हातेमालो फाउण्डेशनका सचिव तथा प्रतिष्ठानका पब्लिक हेल्थका चिकित्सक डा. प्रज्वल गजुरेलले बताए विषेश गरेर सामाजिक कार्यं कै लागि सञ्चालनमा ल्याएको यो फाउण्डेशनले स्वास्थ्य शिविर दर्जनौ गरिसकेको छ । आजको यो खेल पनि स्वास्थ्यलाई नै मध्यनजर राखेर आयोजना गरिएको हो । खेलकुदले पनि हाम्रो स्वास्थ्यलाई स्वस्थ रहनु निकै सहयोग गर्ने भएकोले पनि आयोजना गरिएको डा. गजुरेलले बताए ।
आज विशेष गरेर तिहार र छठको शुभकामना आदन प्रदान सँगै यो मैत्रीपुर्ण खेलको आयोजना भएको खेल सम्पनन भएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणकालिन अवस्थामा चाड पर्व सामाजिक दुरी कायम गरेर आ–आफ्नो घरमा मनाऔँ भन्ने सन्देश दिनु पनि यो खेल आयोजना भएको नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकाश चाम्लिङले बताए । यो राम्रो कार्यमा हातेमालो फाउण्डेशनले हामिलाई सम्झिएकोमा महासंघको तर्फबाट धन्यवाद ज्ञापन गर्दै अध्यक्ष चाम्लिङले बताए सामाजिक सुरक्षाको नियम पालना गरि सम्पुर्णमा तिहान मनाउन आग्रह पनि गरेका छन ।
हातेमालो फाउण्डेशनको तर्फबाट डा. प्रज्वल गजुरेल, डा. प्रविद गजुरेल, डा. भुपेन्द्र साह, डा. अग्रज उप्रेती, डा. अभिषेक थपलिया, डा. भगत धमला, डा. राजेन्द्र घिमिरे, वीपी प्रतिष्ठानका इन्जिनियर धिरेन्द्र सिंह लगायतका हातेमालो फाउण्डेशनमा आवद्ध सदस्यहरुको उपस्थिीती रहेको थियो । यस्तै गरेर नेपाल फोटो पत्रकार महासंघको तर्फबाट विकाश चाम्लिङ, जनकऋषि चाम्लिङ, किशोर थुलुङ, देवेन्द्र कार्की, शिशिर राई, सञ्जय याक्खा, सनम तामाङ, धिरेन लिम्बु, योगेशबाबु काफ्ले, रामकृष्ण खड्का, विजय राई लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
हिजो साँझ सम्पन्न मैत्रीपुर्ण खेल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराईको विशेष पहलमा आयोजना भएको थियो । उक्त खेलमा नेपालीहरुको महान चाड तिहार र छठको शुभकामना आदनप्रदान कार्यक्रम पनि भएको थियो । खेल मैत्रीपुर्ण भएता पनि निकै नै प्रतिस्पर्धात्मक भएको थियो । उक्त खेलमा हातेमालो फाउण्डेशनले नेपाल फोटोपत्रकार महासंघलाई १४ गोलको विरुद्ध १५ गोल गर्दै पराजित गरेको थियो ।