बास्केटवल संघको सिफारिसमा १५ विद्यार्थीलाई डिपोट स्कुलले छात्रवृती प्रदान गर्ने सहमति

आश्विन ०१, २०७७ – धरान बास्केटबल संघको आयोजनामा भएको पाँचौ बास्केटबल ट्यालेण्ट हण्टका १५ विद्यार्थीलाई संघको सिफारिसमा डिपोट स्कुलले छात्रवृति प्रदान गरेको छ । धरान १८ स्थित डिपोट स्कुलको सभाहलमा एक कार्यक्रम गरि संघ, स्कुल र छात्रवृति पाएका विद्यार्थी बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । उक्त सम्झौता पत्रमा उल्लेख गरिए अनुसार ५ जनालाई ७५ प्रतिशत र १० जनालाई ५० प्रतिशत छात्रावृति डिपोट स्कुलले प्रदान गरेको छ ।

एसइइ परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर संघले आयोजना गरेको यो ट्यालेण्ट हण्टबाट विगतका सालहरु जस्तै यसपटक पनि धरानको एम्स एकेडेमि र डिपोट स्कुलमा संघले २ दर्जन विद्यार्थीलाई छात्रवृतिको लागि सिफारिस गरेको हो । आज डिपोट स्कुलमा छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरमा प्रिती राई, मिङ्सो लिम्बु, युद्ध लिम्बु, बिबेक राई, सितल तामाङ गरि ५ जनाले ७५ प्रतिशत छात्रवृति पाएका छन भने आयुश राई, सारोज राई, मन्दिप राई, निहाल गजमेर, पौसन चौधरी, नानिम्मा राई, प्रियंका राई, जस्मिना लिम्बु, बिन्दिया राई र श्रेया सुनार गरि १० जनाले ५० प्रतिशत छात्रवृति प्राप्त गरेका छन । उक्त सम्झौता पत्रमा सम्झौता गरिएको बुदाहरुमा सहमति जनाउँदै विद्यार्थी तथा विद्यार्थीका अविभावकहरुले पनि पत्रमा हस्ताक्षर गरेका थिए ।

डिपोट स्कुल सञ्चालक समितिका अध्यक्ष मेजर श्रवण कुमार लिम्बुको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा धरान वडा नम्बर १८ का वडाध्यक्ष प्रविण राई प्रमुख अतिथिको रुपमा उपस्थिती रहेका थिए । विगतको समय देखि नै डिपोट स्कुलले खेल क्षेत्र र शिक्षा क्षेत्रमा निकै सफलता पाएको इतिहाँस रहेको सोहि स्कुलका प्रिन्सिपल राजकुमार राईले स्वागत मन्तव्यको क्रममा बताए । कार्यक्रममा पिन्सिपल राईले बताए डिपोट स्कुल कुनै नाफामुखि संस्था नभएर समाजिक शैक्षिक संस्था हो, एक त यो स्कुलको इतिहाँस वृटिश गोर्खाको इतिहाँस सँग जोडिएकोले पनि यो स्कुल शिक्षा क्षेत्र र अतिरिक्त क्रियाकलापमा पनि उतिकै उपस्थित जनाएको छ । खेल क्षेत्रकै हिसाबले हेर्ने हो भने नेपालको बास्केटबल खेलमा नेपालको प्रतिनिधित्व गर्ने विषेश खेलाडी तथा प्रशिक्षक तथा खेलाडि यहि स्कुलको उत्पादनहरु छन । उनले बताए डिपोट स्कुल खेल क्षेत्रको हिसाबमा हरेक खेलकुदलाई प्राथामिकतामा राख्ने स्कुलको रुपमा हेर्न सम्पुर्ण अविभावकहरुलाई आव्हान गरे ।

कार्यक्रमका विषेश अतिथि रहेका बास्केटबल संघ केन्द्रिय उपाध्यक्ष तथा धरान बास्केटबल संघका अध्यक्ष सुरज लामाले बताए एसइइ पश्चात कोभिडको यो महामारि बिच ट्यालेण्ट हण्ट गर्ने नगर्ने दोधारको बिच सामाजिक सुरक्षालाई अवलम्बन गर्दै ट्यालेण्ट हण्ट सफलता पुर्वका आयोजना भयो । हाम्रो यो कार्यक्रमलाई सम्मान गर्दै डिपोट स्कुलले हाम्रा १५ ट्यालेण्ट सम्भावना बोकेका विद्यार्थीहरुलाई छात्रवृती दिएकोमा अध्यक्ष लामाले स्कुल प्रति आभार प्रकट गरे । कार्यक्रममा बोल्ने क्रममा उनले बताए डिपोट स्कुल बास्तबमै खेलकुदको हिसाबले विशिष्ट स्थानमा रहेको स्कुल हो । मोफसल क्षेत्रकै डिपोट स्कुल एक मात्र खेलकुदमा ठुलो योगदान दिने स्कुर रहेको उनले दावि गरे ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.