बास्केटवल संघकाे सिफारिसमा ७ विद्यार्थीलाइ एम्स एकेडेमीले छात्रावृती दिने सहमती

भाद्र २८, २०७७ – धरान बास्केटबल संघको आयोजनामा भएको पाँचौ बास्केटबल ट्यालेण्ट हण्टको ७ विधार्थीलाई एम्स एकेडमीले छात्रवृती प्रदान गरेको छ ।

आज एक कार्यक्रमका बिच विधालय र धरान बास्केटबल संघका बिच साम्झाैता पत्रमा हस्ताक्षर भएको छ । पत्रमा एकेडमीले विधार्थीलाई ६० प्रतिशत छात्रवृती दिइने उल्लेख छ । ट्यालेन्ट हण्टका खेलाडी विधार्थी विनम राई, सञ्जय रानामगर, शिव गजमेर, इन्दु भण्डारी, सुविन राई, निकेश राई र निशान तामाङलाई छात्रवृती प्रदान गरीएको हो । यता सम्झाैता अनुसार छात्रवृतीका लागी आवश्यक पर्ने कार्यहरूको कबुलियतनामामा छात्रवृती पाउने विधार्थी र अभिभावकले हस्ताक्षर गरेका थिए ।

पत्रमा विधालयका तर्फबाट एकेडमीको संचालक समिती अध्यक्ष प्रकाश राई, व्यवस्थापकिय निर्देशक अनुप योञ्जन तामाङ र प्राचार्य मित्र तामाङले हस्ताक्षर गरेका छन । यस्तै, संघबाट बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष तथा धरान बास्केटबल संघका अध्यक्ष सुरज लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र प्रदेश नं. १ मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले हस्ताक्षर गरेका छन । हस्ताक्षर गरी एकेडमीका अध्यक्ष राई र बास्केटबल संघका धरान अध्यक्ष लामाले पत्र आदान प्रदान गरेका थिए ।

विगत ३ वर्षदेखि एकेडमीले निरन्तर रूपमा प्रदान गर्दै आइरहेको छात्रवृतीको यस वर्ष समेत निरन्तरता दिइएको एकेडमीको संचालक समिती अध्यक्ष प्रकाश राईले बताए । खेलसंगै शिक्षा भन्ने उद्देश्यका साथ एम्सले निरन्तर रूपमा बास्केटबल संघ संग सहकार्य गरी छात्रवृती दिँदै आएको उनले जानकारी गराए । छात्रवृती पाएको विधार्थीहरूको बास्केटबल सेलिब्रिटीको रूपमा नयाँ परिचय थपिएको जनाउँदै खेलसंगै शिक्षालाई समेत समान रूपमा अगाडी बढाउन उनले आग्रह गरे ।

सम्झाैता अनुसार छात्रवृती पाएका खेलाडीहरूले आफ्नो पहिलो प्राथमिकता अनुशासन र पढाइ हुनुपर्ने कबुलियतनामामा उल्लेख छ । यस्तै, विधार्थी नियमित रूपमा विधालय आई सम्पूर्ण परीक्षामा सहभागी हुनुपर्ने र कक्षा ११ को वार्षिक परीक्षामा उतिर्ण नगरेमा सम्झाैता स्वतः खारेज हुने समेत कबुलियतनामामा उल्लेख छ । पहिले शतप्रतिशत छात्रवृती दिई माैखिक समझदारीमा विधार्थी भर्ना हुँदा पढाइ र खेल दुवै राम्रो नभएपछी पछील्लो दिनमा छात्रवृतीको प्रतिशत घटाएर लिखित सम्झाैता गरी अगाडी बढ्न थालिएको मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले बताए ।

कार्यक्रममा एम्स एकेडमीका एडमिन्सट्रेटिभ डाइरेक्टर नविन राई, एकेडमिक डाइरेक्टर नेत्रप्रसाद सुवेदी, एडमिन्सट्रेटिभ कोअर्डिनेटर सन्तोष कोइराला लगायतको उपस्थिती रहेको थियो । उनिहरूले विधार्थीलाई खेलसंगै शिक्षालाई समेत समान रूपमा महत्व दिनका लागी आग्रह गरेका थिए । कार्यक्रम एम्सका एकेडमिक कोअर्डिनेटर हेमन्त भण्डारीले संचालन गरेका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Planet Gaming Zone
Dharan-15, Sunsari

Get Your Royal Pass

Let's Talk Here