पाँचौ बास्केटवल ट्यालेण्ट हण्ट सम्पन्न, २ दर्जन विद्यार्थीलाई संघको सिफारिसमा छात्रावृति दिइने

भाद्र २६, २०७७ – धरान बास्केटवल संघको आयोजनामा भएको पाँचौ बास्केटबल ट्यालेण्ट हण्टको आज समापन भएको छ । धरान उपमहानगरपालिकाको सहकार्यमा भएको उक्त ट्यालेण्ट हण्ट विगत ५ वर्ष देखि निरन्तर आयोजना हुँदै आएको छ ।

धरानका एसइइ दिएर बसेका विद्यार्थीहरुको खेलकुद विकासलाई मध्यनजर गरेर आयोजना गरिने यो ट्यालेण्ट हण्टबाट हरेक वर्ष २ दर्जन बढी विद्यार्थीलाई धरानको विभिन्न कलेजमा धरान बास्केटबल संघको सिफारिसमा छात्रावृती प्रदान गर्दै आएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि २ दर्जन भन्दा बढी विद्यार्थीलाई संघको सिफारिसमा एम्स एकेडेमि र डिपोट कलेजले छात्रावृति प्रदान गरेको छ । गत वर्षसम्म विभिन्न कलेजहरुसँग सहकार्य गरिए पनि यस वर्ष भने कोभिड १९ को संक्रमणको परिस्थितीको कारण २ कलेज सँग मात्र सहकार्य गर्न पाएको धरान बास्केटवल संघ धरानका सचिव तथा प्रदेश १ बास्केटवल प्रमुख प्रशिक्षक विकाश चाम्लिङ्गले जानकारि दिएका छन । २१ दिन सञ्चालन हुने यो ट्यालेण्ट हण्टका सहभागी विद्यार्थीहरु मध्येबाट उत्कृष्ट २ दर्जन विद्यार्थीले यस पटक पनि संघको सिफारिसमा छात्रावृति पाएका छन । सहभागीहरूलाइ धरान १६ स्थित इन्डाे बास्केटबल काेर्टमा २१ दिन ट्यालेण्ट हण्ट क्लाेज क्याम्प भएकाे थियाे ।

धरान बास्केटवल संघका अध्यक्ष तथा नेपाल बास्केटबल संघ केन्द्रिय उपाध्यक्ष सुरज लामाको अध्यक्षतामा गरिएको उक्त ट्यालेण्ट हण्टको समापन कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख अतिथिको रुपमा उपस्थित रहेको थियो । यसैगरि धरान उप महानगरपालिकाका युवा तथा शिक्षा महाशाखाका प्रमुख रमेश शाह, डिपोट स्कुलका प्रिन्सिपल राजकुमार राई, बास्केटवल संघ सुनसरीका सदस्य गौरवमान श्रेष्ठ र एन्फा प्रदेश सचिव नविन राई विषेश अतिथि रहेका थिए ।

कोरोनाको यो विषम परिस्थितिको बेला यो ट्यालेण्ट हण्ट गर्ने नगर्ने भन्ने विषयमाँझ अन्योलको बावजुद पनि विद्यार्थीको इच्छाशक्तिलाई मध्यनजर गर्दै सामाजिक सुरक्षाका नियमलाई अवलम्बन गर्दै विगतको वर्ष जस्तै यस वर्ष पनि आयोजना गरिएको सदस्य गौरवमान श्रेष्ठले बताए । यो महामारिको बावजुद पनि सामाजिक सुरक्षा अपनाएर हामी कार्यक्रम गर्न सफल भयौँ यसका लागि विषेश गरि प्रशिक्षक टोली र सहभागी विद्यार्थीहरुलाई धन्यवाद दिए । यसै क्रममा एन्फा प्रदेश १ का सचिव नविन राईले कार्यक्रममा बोल्दै भने धरान खेलकुदको शहर हो यसर्थमा बास्केटबलले एक प्रकारको खेलक्षेत्रको प्रतिनिधित्व गरेको छ । धरानमा विषेश गरेर बास्केटबल र फुटबलको मात्र खेलकुद गतिविधि पाइएको छ यो खेलकुदको शहर धरानको लागि पुग्दो गतिविधि हैन । उनले भने धरानमा अब अन्य खेलको पनि फुटवल र बास्केटबलको जस्तै गतिविधि हुनु पर्छ । धरानमा सम्भव छ फुटवलको क्षेत्रमा धरानमा उत्पादन भएका खेलाडीहरु राष्ट्रि स्तरमा ख्याती कमाएका छन । धेरै समय भएको छैन धरानकै बास्केटवल प्रशिक्षक विकाश चाम्लिङ्गको प्रशिक्षणमा रहेको राष्ट्रि«य महिला बास्केटबल टोलीले सम्पन्न १३औँ सागमा पदक जित्न सफल भएको थियो । त्यसै गरेर बक्सिङ्गमा पनि धरानकै प्रशिक्षकद्धारा प्रशिक्षित खेलाडीले पदक हात पारेका थिए ।धरानलाइ साँच्चै खेलकुदको शहर बनाउने कुरालाई जोड दिँदै सचिव राईले भने अब धरानमा आउटडोर र इन्डोर हरेक खेलमा गतिविधि गर्न जरुरी छ । बोल्ने क्रममा राईले धरान उपमहानगरपालिकालाई पनि खेल क्षेत्रमा गम्भिर ध्यान दिन समेत आग्रह गरेका छन ।

डिपोट स्कुल हाता भित्र सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि तिलक राईले भने खेलकुद मानव स्वास्थ्यको लागि पनि एकदमै महत्वपुर्ण पाटो रहेको बताए । यसर्थमा खेलकुदलाई आफ्नो प्राथामिकतामा राखि छात्रावृति प्रदान गर्ने कलेजहरुलाई विषेश धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा मेयर तथा प्रमुख अतिथि राईले भने सहभागी विद्यार्थी भाइबहिनीहरु अब विद्यार्थी मात्र नभएर धरानको खेल क्षेत्रको गहना भएकोले शिक्षा सँगै खेललाई पनि अगाडी बढाउन सुझाव दिएका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.