बायर्न म्युनिकले च्याम्पियन्स लिगको उपाधि हात पार्दै ट्रिबल उपाधि सहित दुर्लभ इतिहाँस रच्यो

भाद्र ०८, २०७७ – जर्मनी फुटबल क्लव बायर्न म्युनिकले युरोपियन च्याम्पियन्स लिगको उपाधि आफ्नो पोल्टामा पारेको छ । गएराति भएको फाइलन खेलमा फ्रान्सेली फुटबल क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै लिगको उपाधि उचालेको हो । बायर्न म्युनिकले यो छैटौ पटक लिगको उपाधि उठाएको हो ।

खेलको ५९ औँ मिनेटमा बायर्न म्युनिकको तर्फबाट किंग्सली कोमनले गोल गर्दै म्युनिकलाई १–० गाले अन्तरले अग्रता दिलाएका थिए । किंग्सको उक्त गोलनै खेलको निर्णायक गोल बनेको थियो । पीएसजीको तर्फबाट पनि पटक पटक प्रयास भए पनि गोल हुन असफल भएपछि उक्त खेल १–० गोल अन्तरमा सिमित भएको थियो ।

पीएसजीले हार बेहोरे पनि यो फाइनल खेल ऐतिहासिक खेल रहेको थियो । पीएसजीले यो उसको इतिहासमा पहिलो पल्ट च्याम्पियन्स लिगको फाइनल खृल खेलेको हो । यता बायर्नले भने यो उपाधि सँगै यस वर्ष ट्रिबल उपाधि हात पार्दै दुर्लभ इतिहाँस रचेको छ । बायर्नले यसअघि घरेलु् बुन्डेजलिगा र जर्मन कप पनि जितीसकेको छ ।

गएराति भएको फाइनल खेलको म्यानम अफ द म्याच बायर्न म्युनिकको गोलरक्षक म्यानुएल नोयाले हात पारेका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.