च्याम्पियन्स लिगकाे फाइनल खेल आज हुँदै, बायर्न र पिएसजि बिच भिडन्त

भाद्र ०७, २०७७ – युराेपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राति हुने भएकाे छ । आज रातिकाे फाइनल खेलमा बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) बिच भिडन्त हुने भएकाे छ ।

उपाधीकाे दावेदार मानिएकाे जर्मन फुटबल क्लब बायर्न म्युनिख छैटौं पटक उपाधि उठाउने दाउमा छ । उता फ्रान्सको पिएसजी भने पहिलो पटक युरोपियन च्याम्पियन लिगकाे उपाधि उठाउने लक्ष्यमा रहेको छ ।

सेमिफाइनलमा फ्रान्सको ओलम्पिक लियोंलाई हराउँदै बायर्न फाइनल पुगेको हो । त्यसअघि बायर्नले नक आउट चरणमा इंग्ल्याण्डको चेल्सी र स्पेनको बार्सिलोना जस्ता बलिया टोलीहरुलाई पाखा लगाउँदै आफ्नो दावेदारी पस्किएको थियो ।

उता ब्राजिलियन स्टार नेयमारको टोली पिएसजीले सेमिफाइनलमा आर.बी लेप्जीगलाई हराएको थियो । बायर्न र पिएसजीबिचको यो खेल पोर्चुगलको लिस्बनमा आज राती नेपाली समय अनुसार सवा १ बजे सुरु हुनेछ ।

आजकाे खेलकाे बारेमा विभिन्न ठाउँमा चर्चा चलिरहे पनि बायर्नले नै उपाधि उठाउने अनुमान लगाएकाे पाइन्छ । पिएसजी पहिलाे पल्ट लिगकाे फाइनल पुगेकाे छ यता बायर्न भने छैठाै पटक फाइनल खेल्दैछ । यति मात्र हैन इंग्लिस टाेली चेल्सी र स्पेनिस टाेली बार्सिलाेना जस्ता फुटबलका महारथिहरूलाइ हराउँदै आएकाे कारण पनि बायर्नकाे उपाधि उठाउने कुरामा फुटबलप्रेमीहरूकाे विश्वास छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.