म्यान्चेस्टर युनाइटेड र इन्टर मिलान युराेपा लिगकाे सेमिफाइनल प्रवेश

श्रावण २७, २०७७ – इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० गाेल अन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा पुगेको हो ।

म्यान्चेस्टरकाे जितकाे लागि ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा गोल गर्दै टाेलीलाइ अग्रता दिलाएका थिए । फर्नान्डेजकाे उक्त गाेल निर्णायक गाेल बन्न पुग्याे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा पर्नान्डेजले पाएकाे पेनाल्टीलाइ सदुपयाेग गर्दै उक्त गोल गरेका हुन् ।

गएराति नै भएको अर्को खेलमा जर्मनीको बायर लिभरकुजेनलाई २–१ गाेल अन्तरले पराजित गर्दै इन्टर मिलान पनि सेमिफाइनल प्रवेश गरेकाे छ ।

खेलमा इन्टरकाे जितमा रोमेलु लुकाकु र निकोलो बारेलाले एक एक गोल गरेका थिए । लिभरकुजेनका काई हाभर्ट्जले सान्त्वना एक गोल फर्काएका थिए । यो खेलमा गोल गरेका बेल्जीयन खेलाडी लुकाकुले युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Planet Gaming Zone
Dharan-15, Sunsari

Get Your Royal Pass

Let's Talk Here