मेस्सीले सातौ पटक गोल्डेन बुट जिते, लिग उपाधि रियल मड्रीडको पोल्टामा

श्रावण ६, २०७७ – स्पेनिस लिग ला लिगा सम्पन्न भएको छ । यो सिजनमा स्पेनिस क्लव रियल मड्रीडले उपाधि उठाएको छ । यो सिजनमा पनि बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले पुनः गोल्डेन बुट जितेका छन । यो उनको सातौ पटकको गोल्डेन बुट उपाधि हो ।

गएराती भएको खेलमा बार्सिलोनाले आलाभेजलाई ५–० को फराकीलो गोलअन्तरले पराजि गर्दै आफ्नो जित निकालेको थियो । उक्त जितका लागि मेस्सीले २ गोल गरेका थिए । मेस्सीको यो सिजनमा सर्वाधिक २५ गोल भएको थियो । रियल मड्रिडका फ्रेन्च स्टाइकर करिम बेन्जामाले भने २१ गोल गर्दै दोश्रो स्थानमा रहेका छन ।

स्पेनिस लिग ला लिगामा सन् २००८–०९ को सिजन यता सबै भन्दा कम गोल गरे पनि मेस्सीले सिजनको सर्वाधिक गोलकर्ताको लिस्टमा पहिलो नम्बर ओगटेका छन । मेस्सीले गोल्डेन बुट जिते पनि यो सिजन बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन सकेनन ।

लिग विजेता टोली रियल मड्रीड भने सिजनको अन्तिम खेलमा लेगानेजसँग २–२ गोलको बराबरीमा खेलेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.