लेष्टर सिटी टोटनह्याम सँग पराजित, लेष्टरको च्याम्पियन्स लिग यात्रा धरापमा

श्रावण ५, २०७७ – जारि इंग्लिश प्रिमियर लिगमा गए राति भएको खेलमा लेष्टर सिटीलाई टोटनह्यामले हराँउदै आफ्नो जित निकालेको छ । यो जित सँगै टोटनह्याम लिग तालिकाको छैठौ स्थानमा उक्लिएको छ ।

घरेलु मैदानको फाइदा उठाउँदै टोटनह्यामले अतिथि टोली लेष्टर सिटीलाई ३–० को फराकिलो गोल अन्तरले हराएको थियो । टोटनह्यामको तर्फबाट ह्यारी केनले २ गोल गरेका थिए । यस्तै टोटनह्यामको जितमा अर्को गोल भने उपाहार स्वरुप १ गोल पाएको थियो । अतिथि टोली लेष्टर सिटीका खेलाडी जेम्स जस्टिनले आत्माघाती गोल गरेपछि टोटनह्यामले फराकिलो जित हात पारेको हो ।

लेष्टर सिटीको शिर्ष चारमा रहँदै आगामि सिजन युरोपियन च्याम्पियन्स लिग खेल्ने सपना चकनाचुर हुने सम्भावना बढेको छ । च्याम्पियन्स लिगमा प्रवेश पाउन लेष्टर सिटीले अब आउँदो पो सिजनको अन्तिम खेलमा म्यान्चेस्टर युनाइटेडलाइ हराउनैपर्ने दवाव सृजना भएको छ ।

लिगको यो सिजनमा भने अब एक खेल मात्र बाँकि रहेको छ । पराजित टोली लेष्टर सिटी ६२ अंक सहित चौथो स्थानमा छ भने लेष्टर भन्दा एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड ६२ अंक बटुल्दै पाँचौ स्थानमा रहेको छ । यसका साथै ६३ अंक सहित चेश्रो स्थानमा चेल्सी रहेको छ ।

लिगमा शिर्ष चार स्थानमा रहने टोलीले च्याम्पियन्स लिग खेल्न पाउने प्रावधान छ । यस हिसाबमा लेष्टर सिटि र म्यान्चेस्टर युनाइटेडमा कसले च्याम्पियन्स लिगको प्रवेश पाउला त त्यो त आउँदो खेलले टुंगो लाउनेछ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.