नरिचका खेलाडी बेनले आत्मघाती गोल गरेपछि नरिच हार्यो

श्रावण ४, २०७७ – चालु इंग्लीश प्रिमियर लिगमा डिभिजनबाट रेलिगेशनमा झरिसकेको नरिच सिटी गएरातिको खेलमा बर्नलेसँग पराजित भएको छ ।

पहिलो हाफमै ९ खेलाडीमा सीमित भएको नरिच २–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा ३५ औँ मिनेटमा एमिलियानो बोएन्दिया तथा पहिलो हाफको इन्जुरी समयमा योसिप द्रिमिच सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नरिच सिटी ९ खेलाडीमा सीमित भयो ।

बर्नलेका लागि पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा क्रिस वूडले पहिलो गोल गरे । ८० औँ मिनेटमा नरिचका बेन गडफ्रीले आत्मघाती गोल गरेपछि बर्नले २–० ले विजयी भयो ।

जितपछि नवौँ स्थानको बर्नलेको ३७ खेलबाट ५४ अंक भएको छ । पुछारको नरिचको २१ अंक छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.