विश्वकप २०२२ को मिति सार्वजानिक, कतारमा अत्याधिक गर्मीको कारण प्रतियोगीता नोभेम्बरमा हुने

श्रावण ३, २०७७ – आगामी सिजन विश्वकप फुटबलको मिति सार्वजानिक भएको छ । सन २०२२ मा कतारमा हुँने विश्वकप फुटबलको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगाशालामा हुने भएको छ । यो रंगाशालाको ६० हजार दर्शक क्षमता रहेको छ ।

यसैगरी विश्वकपको फाइनल खेल भने लुसेल रंगाशालामा १८ डिसेम्बरमा हुनेभएको छ । यो रंगाशालाको ८० हजार दर्शक क्षमता रहेको छ । प्रतियोगीताको समुह गत खेलको चरणमा दैनिक ४ वटा खेल फरक रंगाशालामा हुनेछन । यसका साथै खलिफा रंगशालामा प्लेअफ र तेश्रो स्थानको लागि खेल हुने समय तालिकामा उल्लेख छ ।

यो कतारमा हुने विश्वकपमा पहिलो पटक एक ठाउँबाट अर्को ठाउँमा खेल्न जाँदा हवाइ जहाजको प्रयोग नहुने भएको छ ।

गत सिजनहरु जुन र जुलाईमा हुँदै आए पनि यसपटकको सिजन विश्वकपको इतिहासमा पहिलो पटक नोभेम्बरमा हुने भएको छ । यो प्रतियोगिता कोरोना महामारीको कारणले भने सरेको हैन कतारमा अत्याधिक गर्मी हुने भएकोले नोभेम्बरमा सारिएको हो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.