रियाल भालाडोलिडलाई हराउँदै बार्सिलोनाले रियल मड्रीडमाथिको दबाब कायम राख्यो

असार २९, २०७७ – जारी स्पेनिस लिग फुटबल ला लिगा फुटबलममा गएराती भएको खेल बार्सिलोनाले जित हात पारेको छ । बार्सिलोनाले यो जित सँगै लिग तालिकाको पहिलो स्थानमा रहेको रियल मड्रीडमाथिको दबाव कायमै राखेको छ ।

गएराति रियाल भालाडोलिडलाई बार्सिलोनाले १–० गोल अन्तरले हराउँदै शिर्ष स्थानमा रहेको रियलसँगको अंकको दुरी १ अंकको फरक बनाएको छ ।

बार्सिलोनाको लागि अर्टुरो भिडालले गोर गर्दै आफ्नो टोलीलाइ १–० गोल अन्तरले अग्रता दिलाएका थिए । तर भिडालको त्यो गोल नै उक्त खेलको निर्णायक गोल बन्न पुग्यो । यो जित सँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बटुल्दै लिग तालिकाको दोश्रो स्थानमा छ । एक कम खेलेको रियल मड्रीडले ८० अंकमा रहेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.