रियलले आल्भेसलाई हरायो, लिग उपाधिका लागि रियललाई दुइ जित काफि

असार २७, २०७७ – स्पेनमा जारि स्पेनिस लिग ला लिगा फुटवलमा गएरातिको खेलमा रियल मड्रीडले सहज जित निकालेको छ । गत राति सम्पन्न खेलमा रियलले आल्भेसलाई पराजित गर्दै जित आफ्नो पोल्टामा पारेको हो ।

रियलले घरेलु मैदानको फाइदा उठाउँदै आल्भेसलाई २–० गोल अन्तरले पराजित गर्दै आफ्नो जित दर्ता गरेको हो । रियलका खेलाडी बेन्जिमाको उत्कृष्ट प्रदर्शनले रियललाई जित सहज बनेको हो । पेनाल्टी मार्फत पहिलो गोल गरेका बेन्जिमाले दोश्रो गोलको लागि पनि सान्दार प्रदर्शन गरेका थिए । खेलको ११ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बेन्जिमाले गोल गरेका थिए । अतिथि टोली आल्भेसका खेलाडी जिमो नवारोले रियलका खेलाडी फेरेम मेन्डीलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ५०औँ मिनेटमा रियलको खेलाडी एसेन्सियोले गोद गर्दै आफ्नो टोलीलाई २–० गोल अन्तरले अग्रता दिलाएका थिए । एसेन्सियोले बेन्जिमाको पासको सदुपयोग गर्दै गोल गरेका थिए ।

रियल यस सिजनको लिग उपाधिको लागि दुई जितको मात्र टाढा रहेको छ । शीर्ष स्थानमा रहेको रियलले लिगको ३५ खेलबाट ८० अंक बटुलेको छ । लिग तालिका अनुसार दोश्रो स्थानमा रहेको बार्सिलोना रियलल भन्दा ४ अंकले पछि छ । लिग समापन हुन तीत चरण खेल बाँकी रहदाँ रियललाई लिग उपाधिको लागि २ खेलमा जित हात पारे पुग्नेछ । पराजित टोली आल्भेस भने ३५ अंक सहित रेलिगेशन जोन बाट एक स्थान माथि छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.