चालु प्रिमियर लिगमा टोटेनह्यामको भाग्य, आत्मघाती गोल नै निर्णायक बन्यो

असार २३, २०७७ – विश्व फुटबल जगतमा निकै नै चर्चित इङ्लीस प्रिमियर लिग फुटबल अन्तर्गत हिजो भएको खेलमा टोटेनह्याम विजयी भएको छ । टोटेनह्यामले आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै एभर्टनलाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो जित निकालेको हो ।

टोटेनह्यामको लागि यो जित प्रिमियर लिग कै सबै भन्दा सान्दार र ऐतिहासिक जित हुन सक्छ । उस मानेमा यो चरणको खेलमा टोटेनह्यामको भाग्य बलियो देखिन्छ । खेलको २४औँ मिनेटमा एभर्टनका खेलाडी माइकल किनले आत्माघाती गोल गरेपछि टोटेनह्यामलाई हौसला बढेको थियो । तर टाटेनह्यामको लागि उक्त आत्माघाती गाल नै खेलको निर्णायक गोल बन्दै विजयी बन्न सफल भयो ।

यो जितसँगै टोटेनह्यामले लिगको यो सिजनमा ३३ खेल खेल्दै ४८ अंक बटुलेको छ । यो सँगै टोटेनह्याम लिगको क्रम तालिका अुनसार ८औँ स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन भने ४४ अंक बटुल्दै ११ औँ स्थानमा रहेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.