नेपालको विश्वकप र एसीया कप क्वालिफायर छनोटको खेल तालिका बाहिरियो

जेठ २४, २०७७ – नोभेल कोरोना भाइरस संक्रमणको कारण रोकिएको एसीया कप क्वालिफायरको छनोट खेलको एसियाली फुटबल फेडेरेशन (एएफसी) ले नयाँ खेल तालिका सार्वजानिक गरेको छ । सन २०२२ मा हुन लागेको विश्व्कप तथा एसिया कप क्वालिफायरको छनोट खेलको लागि नयाँ तालिका एएफसीले सार्वजानिक गरेको हो ।

एएफसीले जनाए अनुसार मार्च र जुनका लागि तय गरिएको खेलहरु आगामी अक्टोबर र नोभेम्बरका लागि तय गरिएकोछ । सार्वजानिक नयाँ खेल तालिका अनुसार सातौ र आठौ खेलहरु अक्टोबर ८ र १३ का लागि निधो गरेको छ भने नवौ र दशौ खेल नोभेम्बर १२ र १७ मा खेलाउने निधो भएको छ ।

माथि उल्लेख गरिएको मिती नेपालले घरेलु मैदानमा खेल्ने तीनै खेलको मिती तय भएको हो । नेपालले अक्टोबर ८ मा घरेलु मैदानमा चाइनिज ताइपेइसँग खेल्नेछ भने अक्टोबर १३ मा घरेलु मैदानमै अष्ट्रेलियासँग खेल्नेछ । नेपालले आफ्नो अन्तिम खेल नोभेम्बर १२ मा जोर्डनसँग खेल्ने छ ।

प्रतियोगीताको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेश्रो चरणमा स्थान बनाउने छ । नेपालले छनोट खेलमा एक मात्र जित हात पारेको छ । नेपालले कुवेतसँग ७–० ले, अष्ट्रेलियासँग ५–० ले तथा जोर्डनसँग ३–० ले पराजित बेहोरेको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले हराएको छ । भुटानमा भएको कुवेतसँको होम म्याचमा १–० ले नेपाल पराजित भएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.