जाडन सान्चोको ह्याट्रिक भर्जिन तोडियो, बायर्न म्युनिखको पहिलो स्थान लगभक पक्का

जेठ २०, २०७७ – जर्मन बुन्डे लिगा फुटबलको लिग लिडरको रुपमा देखिएको बायर्न म्युनिख पहिलो स्थानमा कायम नै रहेको छ । लिगको तालिका अनुसार दोश्रो स्थानमा रहेको आसीन बोरुसिया डर्टमेन्डले पनि लिग लिडर बायर्न म्युनिखलाई पछ्याउन छोडेको छैन । आइतबार बेलुकी खेलिएको खेलमा बोरुसीया डर्टमेन्डले तुलनात्मकरुपमा आफ्नो कमजोर प्रतिद्धन्द्धी एफसि पाडरबोनलाई उसैको घरेलु मैदानमा ६–१ गोलको फराकिलो अन्तरले हराएपछि बायर्नसँग ७ अंक अन्तरमा झारेको छ । यो खेल भन्दा पहिले डर्टमेन्ड १० अंकले पछि थियो ।

जाडन सान्चो

हिजोको खेलमा डर्टमेन्डको सजिलो जितमा इङ्ल्याण्डका युवा खेलाडि जाडन सान्चोको ह्याट्रिक गोल बन्यो । २० वर्षीय सान्चोको यो उनको खेल जीवनकै पहिलो ह्याट्रिक हो । पाडरबोनको घरेलु मैदानमा भएको उक्त खेलमा पहिलो हाफ गोलरहित बराबरीमा खेलेका थिए । तर दोश्रो हाफमा भने उक्त खेलमा गोलको वर्षात नै भएको थियो । आधा दर्जन गोल लगाएको डर्टमेन्डको तर्फबाट खेलको ४५औँ मिनेटमा थोर्गन हाजार्डले हौसलापुर्ण पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खलेको ४८ मिनेटमा फेरि सान्चोको गोलले डर्टमेन्डले अग्रता दोब्बर बनाएको थियो ।

खेलको ७२औँ मिनेटमा उवे हुएनमियरले एफसी पाडरबोनको तर्फबाट सान्त्वना गोल गरेका थिए । उनले पेनाल्टी सुटआउटको मौका सदुपयोग गर्दै गोल गरेका थिए । यसका साथै खेलको ७४औँ मिनेटमै सान्चोको दोश्रो गोलले डर्टमेन्डले ३–१ गोल अन्तरले अग्रता लियो । खेलले निधारित समयलाई नजिक बनाउँदै गर्दा खेलको ८५औ मिनेटमा डर्टमेन्डको तर्फबाट अचरफ हकिमीले गोल गर्दै टोलीलाइ ४–१ गोल अन्तरले अग्रता दिलाएका थिए । यसैगरि खेलको ८९औँ मिनेटमा डर्टमेन्टका लागि मार्सल स्मिल्जरले गोल गर्दै टोलीलाई ५–१ गोल अन्तरमा पुर्याएको थिए । खेलको निधारित समयले नेटो काटिसक्नेबेला मै सान्चोले आफ्नो ह्याट्रिक गोल गर्दै टोलीलाई ६Þ–१ गोल अन्तरले जिताए ।

हालसम्मको खेल तालिका अनुसार बायर्न म्युनिख ६७ अंक बटुल्दै पहिलो स्थानमा रहेको छ भने डर्टमेन्डले ६० अंंक बटुल्दै दोश्रो स्थानमा रहेको छ । यसका साथै रसेबल स्पोर्ट लिपजिग ५८ अंक बटुल्दै तेश्रो स्थानमा रहेको छ । लिपजिगको यो नतिजासँगै डर्टमेन्डको दोश्रो स्थान धरापमा देखिन्छ । हालसम्मको यी सबै टोलीले २९ खेल खेलीसकेका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *