टेक्निकल ह्याण्डबुक सार्वजानिक, बी र सी डिभिजन लिग दर्शकबिनाको रंगशालामा गरिने

जेष्ठ १०, २०७७ – सहिद स्मारक ‘‘ए” डिभिजन लिगको टेक्निकल ह्याण्डबुक सार्वजानिक भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा)ले लिग सकिएको तीन महिना पछि हिजो शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो ।

ह्याण्डबुकको सार्वजानिक कार्यक्रममा राष्ट्रि खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, लिग समित संयोजक विज्ञानराज शर्माको उपस्थितीमा सम्पन्न भएको थियो । ह्याण्डबुकमा विश्व फुटवल संघ (फिफा) ले अवलम्बन गरेको नयाँ नियम र प्राविधिक पक्षलाई समेत समावेश गरिएको छ । उक्त बुक एन्फाका अध्यक्ष एवं टेक्निकल संयोजक उपेन्द्रमान सिंहको टोलीले तयार गरेको हो ।

कार्यक्रममा बोल्दै संयोजक सिंहले भने बुकमा लिग खेल्ने खेलाडी, खेलाडीको प्रदर्शन, विजेता टोलीको नाम, सहभागी क्लब,पहेँलो कार्ड , रातो कार्ड र गोल लगायतका सबै प्राविधिक पक्षलाई समावेश गरिएको छ । यसका साथै यो बुक टेक्निकल अध्ययन गर्ने प्रशिक्षक र प्राविधिकलाई ठुलो सहयोग पुग्ने कुरा संयोजक सिंहले प्रष्ट पारेको थिए । कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले ह्याण्डबुक राखेप सदस्यसचिव सिलवाललाई हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसको कारण रोकिएको बी डिभिजन लिग र सी डिभिजन लिग अब दर्शकबिनाको रंगशालामा सञ्चालन गरिने अध्यक्ष शेर्पाले सोहि कार्यक्रम मार्फत जानकारि दिएका छन । दशरथ रंगशालाको मैदानलाई क्वारेण्टाइन नबनाउनका लागि राखेप सदस्यसचिव सिलवालल मार्फत सरकारलाई अध्यक्ष शेर्पाल आग्रह गरेका छन । विदेशबाट ल्याउन लागेको नेपालीलाई राख्नका लागि दशरथ रंगशालालाई क्वारेण्टाइन बनाउने सरकारमा चर्चा चलिरहेको बेला यसको विकल्पको खोजी गर्नका लागि सरकारलाई आग्रह समेत अध्यक्ष शेर्पाले गरेका छन । यसका साथै शेर्पाले थपे एन्फाले विश्वकप छनोट खेलको लागि दुबो रोप्ने, मैदान सम्याउनेलगायतको कार्य भैरहेको छ क्वारेण्टाइन बनाउँदा संरचना फेरि बिग्रन सक्छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *