मनाङ फाइनल प्रवेश

धरानमा जारि २२औँ टुबोर्ग बुढासुब्बा गोल्ड कप अन्तर्गतको आजको पहिलो सेमिफाइनल खेलबाट मनाङ मस्र्याङ्दी क्लव फाइनल प्रवेश गरेको छ । अतिथि टिम भारतको युनाइटेड कर्साङ फुटबल क्लवलाई पराजित गर्दै मनाङले आफ्नो फाइनलको यात्रा पक्का गरेको हो ।

धरान रंगाशालामा भएको आजको पहिलो सेमिफाइनल खेलमा मनाङले कर्साङलाई २–० गोल अन्तरले पराजित गरेको हो । अतिथि टिमलाई घर फर्काउन मनाङको तर्फबाट विमल रानाले खेलको १९औँ मिनेटमा पहिलो गोल गर्दै आफ्नो टिमलाई हौसला प्रदान गरेका थिए । निकै नै प्रतिस्पर्धात्मक खेलमा मनाङ र कर्साङ दुवै टोलीले पटक पटक पाएको गोल गर्ने मोका सदुपयोग गर्न सकेनन ।

दुवै टिम मार्फत निकै नै दवाव सृजना भएको खेलमा १–० गोल स्कोरमा पहिलो हाफ सिमित रहयो । बराबर प्रतिस्पर्धा गरेको खेलमा दोश्रो हाफको इन्जुरी समयमा मनाङको तर्फबाट दयानन्द सिंहले गोल गर्दै खेललाई २–० गोल अन्तरमा पुर्याए । यो स्कोर नै आजको सेमिफाइनल खेलको निर्णाक बन्न पुग्यो । अतिथि टिमलाइ २–० गोल अन्तरले पराजित गर्दै घर फर्काएको मनाङले उपाधिका लागि विभागीय टिम नेपाल पुलिस र मछिन्द्र क्लवबीच हुने सेमिफाइनलको विजेता टिमको सामना गर्ने छ ।

आजको पहिलो सेमिफाइनल खेलको म्यान अफ द म्याच अतिथि टिम कर्साङका आशिष देवान घोषित भए । उनले नगद १५ हजार प्राप्त गरेका छन भने मनाङका दयानन्द सिंह बेस्ट गोल अफ द म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गरेका छन ।

भोली बिहिवार हुने दोश्रो सेमिफाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लव र मछिन्द्र क्लवबिच भिडन्त हुनेछ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *