१३औ सागमा पदक विजेता धरानका बास्केटवल प्रशिक्षक तथा खेलाडीलाई सम्मान

धरान बास्केटवल संघले १३औ साग २०७६ पदक विजेतालाइ आज मंगलवार सम्मान गरेका छ । अन्तर्राष्ट्रियस्तरमा बास्केटबलमा योगदान दिएको भन्दै धरानका प्रशिक्षक तथा खेलाडीलाई संघले सम्मान गरेको हो ।

धरान स्थित होटल सन्ध्या इनमा एक कार्यक्रम आयोजना गरि प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरेको हो । सम्पन्न सागमा महिला बास्केटवल टिमबाट रजत पदक ल्याउन सफल टिमका प्रशिक्षक विकाश चाम्लिङ राई, राष्ट्रिय टिमकी महिला खेलाडी डा. आशा राईलाइ जनही ५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरेर सागका अफिसियल रेफ्रि शिशिर पोखरेल, सन २०१० मा भारतको बैङ्लोरमा भएको अण्डर १८ बास्केटवल प्रतियोगितामा सहभागी राष्ट्रिय खेलाडी रवि वास्फोर र सन् २०१८ मा बंगलादेशमा भएको अण्डर १६ बास्केटवल प्रतियोगितामा सहभागि बैभव योगीलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मानित प्रशिक्षक तथा खेलाडी

प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सम्पुर्ण धराने बास्केटवल प्रशिक्षक तथा खेलाडीहरुलाई प्रमुख अतिथिको हातवाहुली बाट सम्मान पत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सभामुख भण्डारीले बोल्दै धरान खेलकुदको शहर हो यस शहरलाई खेलकुद शहरको रुपमा परिचित गराउन बास्केटवल खेलाडीहरुले ठुलो भुमिका निर्वाह गरेका छन । कार्यक्रममा बोल्दै सभामुख भण्डारीले धरानमा आउटडोर तथ इन्डोर खेल निकै फस्टाएको पाइएको छ यो धरानको खेल विकाशको प्रमाण हो । धरानले खेलकुद शहरको रुपमा पहिचान कमाइसकेको छ । प्रदेश सरकारले धरानमा खेलग्राम बनाउन ५ करोड बजेट निती तथा कार्यक्रममै छुट्याएको छ, यो कार्यन्वयनको तयारीमा रहेको बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *