हिसान बास्केटवलमा डिपाे, एम्स र धरान उच्च फाइनलमा प्रवेश

विकास चाम्लिङ,
हिसान बास्केटवल च्याम्पियनसिपमा डिपो स्कुल महिला पुरुष, एम्स एकेडेमि पुरुष र धरान उच्च मावि महिला बास्केटवल टिम फाइनल प्रवेश गरेको छ । पुरुष तर्फ डिपो स्कुल र एम्स ऐकेडेमि र महिला तर्फ डिपो स्कुल र धरान उच्च मावि विच प्रतिश्पर्धा हुनेछ ।

धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा आयोजना भइरहेको वुधवार भएको महिला तर्फको सेमिफाइनल खेलमा धरान उच्चले विष्णु स्कुलाई ६–२, डिपो स्कुलले सिवन स्कुललाई २४–६ अंकले र पुरुष तर्फ एम्स एकेडेमिले धरान आर्दशलाई ३०–१७ र डिपोले सिवन स्कुललाई २९–१४ अंकको अन्तरले पराजित गरेको छ । महिला तर्फको खेलमा धरान उच्च र विष्णु स्कुलले प्रत्येक क्वाटरमा ०–०, २–२, ४–० र ०–०, डिपो स्कुल र सिवन स्कुलले ५–०, ६–२, ६–२ र ७–२ अंक जोडेका थिए । यसै गरि पुरुष तर्फ भएको खेलमा एम्स एकेडेमि र धरान आर्दश स्कुलले प्रत्येक क्वाटरमा ६–२, ९–११, ११ –० र ४–४ र डिपो स्कुल र सिवन स्कुलले ६–४, ९–०, २–७ र १२ –३ अंक जोडेका छन ।

डिपो स्कुलकी लियालिसा श्रेष्ठ

आज भएको सेमिफाइनल खेलमा महिला तर्फ धरान उच्चकि कुशलता राई र डिपो स्कुलकी लियालिसा श्रेष्ठ र पुरुष तर्फ एम्स एकेडेमिका सविन राई र डिपो स्कुलका लुप राई म्यान अफ द म्याच घोषित भए । उनिहरुलाई नेपाल वास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा र डिपो आर्दश वहुमुखि क्याम्पसका म्यानेजमेन्ट तर्फका कोअर्डिनेटर डा.नुनिलाल राजवंशीले मेडल प्रदान गरेका थिए । प्रतियोगितामा सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको प्राविधिक सहयोेग रहेको छ । फाइनल खेल विहिवार विहान ८ वजे देखि सुरु हुने हिसान बास्केटवल संयोजक हेमन्त भण्डारिले जनाए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *