गोधुली कपको आजको खेलमा धरान १६ सेमिफाइनल प्रवेश, भोली धरान ८ र १८ भिड्दै

धरानमा जारि २०औँ गोधुली रनिङ कपको आज भएको क्वाटर फाइनल खेलमा धरान १६ सेमिफाइनल प्रवेश गरेको छ । धरान १६ ले धरान ६ लाई पराजित गर्दै सेमिफाइनलको प्रवेश गरेको हो ।

धरान रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । प्रतिस्पर्धात्मक खेल विच धरान ६ को तर्फ बाट गोविन्द कार्कीले खेलको ४३ औँ मिनेटमा गोलको खाता खोल्दै टिमलाई १–० गोल अन्तरले अग्रता दिलाएका थिए । खेलको पहिलो हाफ १–० गोल अन्तरमा समाप्त भएको थियो ।

पहिलो हाफमा १ गोलले अग्रता लिएको धरान ६ को लागि दोश्रो हाफ भने पहिलो हाफ जस्तो फलदाय रहेन । खेलको ६२औँ मिनेटमा धरान १६ को तर्फबाट सुदिप राईले जवाफि गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । धरान ६ ले पटक पटक पाएको गोल गर्ने अवसर गुमाउँदै गर्दा खेलको ८२औँ मिनेटमा धरान १६को तर्फबाट सैलेन्द्र नेपालले सानदार गोल गर्दै धरान १६ लाई २–१ गोल अन्तरले अग्रता दिलाएका थिए । धरान १६ का खेलाडी सैलेन्द्रको गोल नै उक्त खेलको निर्णायक गोल बन्न पुगेको थियो ।

आजको क्वाटर फाइनल खेलको म्यान अफ द म्याच धरान १६ का खेलाडी लाकेन लिम्बु घोषित भएका थिए । घोषित म्यान अफ द म्याच लिम्बुले नगद २ हजार ५ सय सहित मेडल प्राप्त गरेका थिए ।

भोली हुने अन्तिम क्वाटर फाइनल खेलमा धरान ८ र १८ को भिडन्त हुनेछ । अघिल्लो चरणको खेलमा धरान ८ ले १४ पराजित गरेको थियो भने धरान १८ ले १ लाई पराजित गरेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Planet Gaming Zone
Dharan-15, Sunsari

Get Your Royal Pass

Let's Talk Here