रिहा भइन नेतृ रामकुमारी झाँक्री, कुनै पश्चाताप नभएको उनको भनाइ

माघ २९, २०७७ – आज निवासबाटै गीरफ्तार भएकी नेकपा नेतृ रामकुमारी झाँक्री अहिले भर्खरै रिहा भएकी छिन । नेतृ झाँक्रीलाई उनकै निवास शंखमुलबाट आज दिउँसो गीरफ्तार गरि महानगर अपराध महाशाखा मीनभवन लगिएको थियो । उनलाइ राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले गीरफ्तार गरेको थियो ।

झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई उनका कार्यकर्ताले अवरोध गरेका थिए। झाँक्रीले पनि पक्राउ पूर्जी नभइ गिरफ्तार गर्न नमिल्ने भनेकी थिइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ पूर्जी थमाएको थियो।

केही दिन पहिले गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा आबद्ध महिला नेताहरूले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।

हिरासतमुक्त भएपछि नेतृ झाँक्रीले आफ्ना अभिव्यक्तिमा कुनै पनि पश्चाताप नभएको प्रतिक्रिया दिएकी थिइन । उनले आफु अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जीवनको अन्तिम घडी सम्म लडिरहने उनले बताइन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.