आन्दोलनको क्रममा प्रहरीको कुटपिटबाट धरानमा एक जना घाईते बिपि प्रतिष्ठानमा उपचार हुदै

भरतराज शर्मा(गोपाल)धरान,सुनसरी,

माघ २२, २०७७ – नेकपा प्रचण्ड माधव समुहले आह्वान गरेको आमहड्तालको क्रममा प्रहरी दमनमा परि १ जना गम्भीर भएका छन भने अन्य दुई जना नेकपाका कार्याकर्ता कुटिएका छन ।

सवारीमा तोडफोडको प्रयास गरेको आरोपमा प्रहरीले दिउँसो भानुचोकबाट युवा संघको धरान सहसंयोजक विजय तामाङ, दिनेश पौडेल र जीवन राईलाई पक्राउ गरेको थियो । सोही क्रममा उनीहरुलाई प्रहरीले पक्राउ पश्चताप कुटपिट गरेका हुन । उनीहरुलाई हड्ताल खुलेपछि साँझ ५ बजेतिर रिहा गरिएको भएपनि प्रक्राउ पछि प्रहरीको कुटपिटबाट दिनेश पौडेलको खुटटामा गम्भीर चोट लागेको छ भने उनलाई बिपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागी भर्ना गरिएको छ ।

त्यस्तै जीवन राई र बिजय लामालाई पनि प्रहरी हिरासतमा नै कुटपिट समेत उनीहरुले बताएका छन । उनीहरुले आफुहरुमाथि प्रहरीले ज्यादती गरेको बताएका छन । उता ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले आफुले पार्टीका ती कार्यकर्तालाई झडपको क्रममा नियन्त्रणमा लिईएपनि उनीहरुमा सामान्य चोटपटक लागेको भएपनि सम्बन्धीत प्रहरीलाई सो बिषयमा बुझने बताएका छन । उनले प्रहरीले नियन्त्रणमा लिएका जुनसुकै ब्यक्तिलाई प्रहरीले कुटपिट गर्न नपाईने भएकाले यस बिषयमा प्रहरीले कही कमी कमजोरी गरेको छ भने छानबीन गरी कानुनी प्रक्रिया अनुसार बिभागीय कार्वार्ही गर्नै बताएका छन ।

पक्राउ परेका तीनै जना नेकपाका कार्यकर्तालाई बेलुका ५ बजेपछि छाडिएको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.