प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदबाट हटाए
पुष ११, २०७७ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदबाट हटाएका छन ।
मुख्यमन्त्री राईले कार्यसम्पादन राम्रो नभएको र मुख्यमन्त्री हटाउन चलखेल गरेको आराेप लाउँदै उनलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई पदबाट हटाइएकाे जानकारी दिए । प्रेस सल्लाहकार सुवेदीका अनुसार कार्यसम्पादन पनि चित्त बुझ्दो नभएको र मुख्यमन्त्रीविरुद्ध नै चलखेल भएकोले उनलाइ उक्त पदबाट हटाइएको हो।’
मन्त्री आङ्बो पुर्वमाओवादी कित्ताबाट मन्त्री बनेका थिए । गृहमन्त्री रामबहादुर थापा बादल खेमाकाे उनी अहिले पार्टी विभाजन हुँदा भने प्रचण्ड माधव समुहतिर लागेका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र आफै मुख्यमन्त्री बन्ने दौडमा आङ्बो रहेको श्राेतकाे दावि छ ।