नेकपा सचिवालय बैठकमा पार्टीको सांगठनिक एकिकरणको बाँकी काम पूरा गर्ने छलफल

आश्विन २०, २०७७ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालयको आज बसेको बैठकमा पार्टीको सांगठनिक एकिकरणको बाँकी काम पूरा गर्ने विभिन्न संवैधानिक र राजनीतिक नियुक्तिको विषयमा छलफल भएको छ ।

बैठकमा यी विषयहरुमा सामान्य छलफल भएको र अध्यक्षद्धयले थप छलफल गरी त्यसपछि बस्ने बैठकबाट निर्णय गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

प्रवक्ता श्रेष्ठले डा. गोविन्द केसीका सम्बन्धमा छलफल भएको र डा. केसी ले उठाएका धेरैजसो मागहरु पहिला नै समाधान भइसकेकाले उहाँका बाँकी मागहरु कोरोना महामारीपछि सम्बोधन गर्न सकिने भएकाले त्यस्तो अवस्थामा अनसन स्थगन गर्न आग्रह गरेका छन । उनले मन्त्रीपरिषद बैठक र मन्त्रीमण्डलमा क–कसलाई लैजाने भन्ने विषयमा छलफल नभएको बताएका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.