नेकपा सचिवालय बैठक भोलि

आश्विन १६,२०७७ – सत्तारुढ नेकपाले सचिवालय बैठक भोलिका लागि बोलाएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भएको छलफलपछि सचिवालय बैठक भोलि अपरान्ह ४ बजे वालुवाटारमा बस्ने गरी बोलाउने निर्णय भएको दाहालको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले राजदूत लगायतका नियुक्तिबारे पार्टीमा सल्लाह नगरी निर्णय लिएको भन्दै नेकपा शीर्ष नेताहरूबीच फेरि विवाद सिर्जना हुने अवस्था आएको बेला सचिवालय बैठक बस्न लागेको हो । ओलीले हिजो अमेरिकाका लागि राजदूतमा पूर्वअर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गर्नुभएको थियो । यस्तै, मुख्यसचिवबाट लोकदर्शन रेग्मीको राजीनामा स्वीकार गर्दै बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय लिएको थियो । निर्मल विश्वकर्मालाई भने दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरिएको छ ।

एकतर्फी रूपमा राजदूत सिफारिस गरेको र एउटै व्यक्तिले पटकपटक राजनीतिक नियुक्त पाइरहेको भन्दै नेकपाका सचिवालय सदस्यहरूले नै असन्तुष्टि सार्वजनिक गरेका छन् ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.