नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको बैठक सम्पन्नः संगठन विस्तारमा जोड, कोरोना विरुद्ध सचेतना कार्यक्रम चलाइने

भिम बहादुर बिक,
आश्विन ०९, २०७७ – विश्वव्यापी रुपमा फैलिएको कोरोना त्रासका कारण परेको प्रभाव र राजनीतिक, सामाजिक गतिविधिबारे नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम समितिको हालै सम्पन्न बैठकमा व्यापक छलफल भएको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिको यहि असोज १ गते बसेको बैठकमा कोरोना त्रास, नियन्त्रण र सतर्कताका कार्यक्रमका साथै पार्टी संगठन विस्तारबारे छलफल भएको हो । कैलालीको बौनिया बजारमा बसेको उक्त बैठकमा पार्टी प्रदेशका संयोजक लोकेशको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्रको केन्द्रीय सदस्य रतन बहादुर बिक ‘राजन’ ले सञ्चालन गरेको उक्त बैठकमा पार्टीका प्रदेश सचिव ज्ञानु बम, केन्द्रीय सदस्य शोभा आचार्य, धरम थापा लगाएतको समेत उपस्थितिथि रहेको थियो । बैठकमा कोरोना त्रास, सतर्कता कार्यक्रम, पार्टी संगठन विस्तार योजना, राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिक परिस्थिति र पछिल्ला घटनाक्रम, प्रदेश अन्तर्गतका विभिन्न स्थानमा घटेका घटनाहरु लगाएतका विषयमा गम्भीर छलफल भएको थियो । बैठकले विभिन्न घटनाक्रममा वर्गिय दृष्टिकोण अनुसार पार्टीको धारणा बनाउनुपर्ने, कोरोना त्रासको वास्तविकता र भ्रमबारे जनतालाई बुझाउँदै आफु भएको स्थानमा संगठन विस्तारको अभियान प्रत्येक नेता, कार्यकर्ताहरुले चलाउनुपर्ने, भ्रष्टाचार, अनियमितता, हत्या, आतंक जस्ता राज्यसंयन्त्रका कारण बढेका अपराधहरुको व्यापक भण्डाफोर एवं विरोध जनाउने लगाएतका निर्णयहरु समेत गरेको छ ।

बैठकमा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेश संयोजक लोकेशले कोरोना त्रासको वास्तविकता साम्राज्यवाद तथा दलालपुजिँवाद रहेको बताए । उनले अमेरिकी साम्राज्यवादले विश्वभर आफ्नो हैकम चलाउन कोरोनो नामक जैविक हतियारको प्रयोग गरेको समाचार माध्यमहरुले खुलाउँदै आएको बताए । उनले राज्यसंयन्त्रले कोरोनाको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी योजना बढाउनुको सट्टा नागरिकलाई भ्रममा पादैं त्रास र आतंकको अवस्थामा पारेको बताए । उनले कोरोना त्रासको भ्रम फैलाएर विदेशी तथा स्वदेशी रकमको राज्यनिकायबाट चरम दुरुपयोग गरिएको भन्दै त्यसको अनुगमन र कारबाही गर्न माग समेत गरे । उनले आफ्नो पार्टीले कोरोना त्रासको वास्तविकता बुझाउँदै, नागरिकमा सचेतना फैलाउँदै हरक नेता, कार्यकर्ताहरु आ–आफु रहेको स्थानमा पार्टी संगठनको विस्तारमा समेत जुट्नुपर्ने बताए । दलाल संसदवादका कारण नागरिकले सास्ती भोगनुपरेको भन्दै उनले त्यसका विरुद्ध संगठनमा जोड दिदैं जनतालाई महान जनविद्रोहको तयारीमा सहयोग गर्न आह्वान गर्न नेता, कार्यकर्ताहरुलाई सुझाव दिए ।

त्यस्तै बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष ढकालले पछिल्लो अवस्थामा राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिक अवस्थामा देखिएका घटनाहरु र त्यसमा आफ्नो पार्टीको दृष्टिकोण प्रष्ट्याएका थिए । उपाध्यक्ष ढकालले माओवादी केन्द्रले सबै समस्याहरुलाई वर्गिय मुक्ति आन्दोलन र त्यसको विशेषतामा महान जनविद्रोहको तयारी गरेर समानतामूलक समाजिक व्यवस्था निर्माण बाटोमा अघि बढेको बताए । उनले भने–‘हामीले लामो समयदेखि गरेको मुक्ति आन्दोलन केही नेताहरुको गद्दारीले रोकियो । हामी महान जनविद्रोहको तयारी गरेर हिजोका सपनाहरु साकार पार्ने दिशामा अघि बढेका छौं । समाजवादी व्यवस्थाको लागि हामी अहिले पनि संघर्ष गरिरहेका छौं ।’

उनले विशम परिस्थितिमा समेत उच्च सतर्कता अपनाउँदै आ–आफ्नो टोल, छिमेक र समुदायमा देखिएका भ्रष्टाचार, अनियमितता, हत्या, बलात्कार लगाएतका घटनाहरुको खुलेर विरोध गर्न तथा त्यहि बिचमा पार्टी संगठनको काय, योजनामा समेत जुट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत गरेका थिए । बैठकमा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिका अधिकाशं नेताहरुको सहभागिता रहेको थियो । बैठकमा उपस्थिति नेताहरुले उठेका विभिन्न विषयवस्तुमा छलफल गरेर विशेषत पार्टी संगठन निर्माणमा केन्द्रीत हुने लगाएतका महत्वपूर्ण निर्णयहरु सर्वसम्मत रुपमा गरेका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.