संविधान पुनर्लेखन हुनुपर्छः केपी पालुङ्वा

आश्विन ०३, २०७७ – संविधान पुनर्लेखनका लागि दबाब सिर्जना गरी खबरदारी गरीरहेको राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले बताएका छन ।

संविधान दिवसको दिन आज जनमुक्ति पार्टी सुनसरीको आयोजनामा भएको नेपालको संविधान २०७२ पुनर्लेखन सम्बन्धमा साक्षात्कार कार्यक्रममा बोल्दै पालुङ्वाले उक्त कुरा बताएको हो । ‘असोज ३ गतेको दिनलाई देशव्यापी विरोधको सभा, कालो झण्डा, कालो व्यानर र ठाउँठाउँमा साक्षात्कार कार्यक्रम, कोणसभा जस्ता कार्यक्रम गरेर हामीले यो दिनलाई खबरदारीको दिनको रुपमा मनाइरहेका छाै । हामी संविधानको पुनर्लेखन हुनुपर्छ भन्ने लाइनमा हिडिँरहेका छाै ।’ उनले भने ।

‘विगतमा हामीले २०७२ असोज ३ गतेलाई कालो दिनको रुपमा मनाइरहेका थियाै । तर हामीले पछिल्लो समयमा संविधानले केही कुराहरू प्राप्त गरेको छ । सबैभन्दा ठुलो कुरा प्राप्त गरेको भनेको संघिय लोकतान्त्रीक गणतन्त्र हो । तर यो संविधान आफैमा पुर्ण छैन । अहिलेको संविधान जनताको पक्षमा भएन । हामी यो संविधान संसोधनको पक्षमा पनि छैनाै । संविधान संसोधन भनेको सत्तामा भएकाले जे पनि संसोधन गर्न सक्छ । त्यसले गर्दा हामी यो संविधान संसोधनको पक्षमा नभएर पुनर्लेखनको पक्षमा छाै ।’

‘संसदिय प्रणालीबाट छानिएका चाहे संविधान सभा होस चाहे संसद होस त्यो पुजिवादी अथवा प्रतिष्पर्धात्मक निर्वाचन प्रणालीबाट आएका संसदहरूले यो मुलुकको सबै जाति, समुदाय, धर्म, वर्ग, क्षेत्रको प्रतिनिधित्व गर्न सक्दैन भन्ने हाम्रो ठम्याइ छ । त्यसैले सबै जाति, समुदाय, धर्म, वर्ग, क्षेत्रको सर्वपक्षिय सर्वदलिय एणटा राष्ट्रिय सम्मेलनबाट संविधानको आधारभुत वस्तुहरू पुनर्लेखन गर्नुपर्छ । एकपटक पुनर्लेखन गरीसकेपछि घरीघरी संसदमा लान नपरोस र घरीघरी असन्तुष्ट पक्ष यत्रतत्र छरीएर रहन नपरोस भन्नका लागि सर्वशक्तिमान राष्ट्रिय सम्मेनबाट संविधानको पुनःलेखन गर्नुपर्छ ।’ उनले भने ।

‘संविधानमा अपुरो रहेको पहिलो कुरा त संघियता हो । संघियता पुर्ण हुनुपर्छ । अहिलेको कोभिड-१९ कोरोना भाइरसको समायमा प्रदेश सरकारको भन्दा सिडिओको कन्ट्रोलमा कार्य सञ्चालन भइरहेको छ । सिडिओ परीचालन गर्ने भनेको गृहमन्त्रालय हो जुन संघिय सरकार अन्तर्गत छ । यसरी संघियता समेत पुर्ण छैन । हाम्रो चाहना यो ७ वटा प्रदेश नभएर जातिय पृष्ठभुमिको आधारमा भाषिक, साँस्कृतिक आधारमा १२ वटा प्रदेश बनाउनुपर्छ । त्यो प्रदेश स्वेत प्रदेश हुनुपर्छ । जतिपनि जाति समुदायको थातथलो रहेको छ । सोहि अनुसार स्वेत प्रदेश बन्नु पर्दछ । उक्त स्वेत क्षेत्रमा सम्भव भएसम्म नगरपालिका, गाँउपालिका जातिय बाहुल्यता कायम हुनेगरी बन्नुपर्दछ ।’ उनको भनाई थियो ।

‘अहिले कुनैपनि पार्टी समानुपातिक, समावेशी छैन । लिङ्गीय हिसाबले पनि छैन । यसको अन्त्य हुनुपर्छ । एकात्मक नेतृत्व प्रणालि छ । हाम्रो भनाई नीति निर्माण गर्ने तहदेखि तल्लो तहसम्म जातिय रूपमा जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधितव राख्नुपर्छ । संवैधानिक अङ्ग भित्र पनि त्यहि अनुसार निर्वाचन प्रणाली जातिय जनसङ्ख्याको आधारमा समानुपातिक नेतृत्व गर्ने हुनुपर्दछ जसले कसैको ६० प्रतिशत र कसैको ० प्रतिशत को अवस्था आउँदैन । त्यसैले अब एकात्मक नेतृत्व प्रणाली अन्त्य गर्नुपर्छ । यसको अन्त्यका लागि संविधानले व्यावस्था गर्नुपर्छ । समानुपातिकको कुरा संविधानमा नै राख्नुपर्छ ।’

‘प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ । प्रत्यक्ष जनताले निर्वाचन गर्न पाउनुपर्छ । संविधानमा यो कुराहरू पुनःलेखन गर्नुपर्छ । यस्तै, धर्मको नाममा एउटा धर्मलाई घुमाउरो पारामा सत्तापक्षले मान्ने धर्मबाट दमन गरेको पाइएको छ । यो पनि त्रुटी हो । गाइ गोरु खाने मान्छे, गाइ गोरुले संस्कार गर्ने पित्री पुज्ने समुदाय रहेका छन् । अर्को विडम्बना गाई पो राष्ट्रिय जनावर हो त गोरु त हैन नि तर गोरु काटेको निहुमा धेरै मानिसहरू पक्राउ परेका छन् । केहि त मारीएका पनि छन् ।

‘अस्ति एकजना युवाले झण्डा जलाए । सत्ताले जेल लगाएर यातना दिइरहेको छ । तर नेपालको नक्सा केक बनाएर काटेर जसले खाएको हो उहाँ शासन सत्तामा छन । केक काटेर खाने बाँड्ने काम भयो । आखिर यि दुबै कुरा डण्डनिय छ । तर एउटा जेलमा जानुपर्ने एउटाले मुक्ति पाउनुपर्ने यो त्रुटीपुर्ण छ । यो त्रुटी संविधानमा धर्म निरपेक्षताको कुरामा नै त्रुटी भएको छ । यो सच्चिनुपर्छ ।’ उनले भने ।

‘संविधानमा नागरीकताको कुरा पनि प्रष्ट हुनुपर्यो, गोर्खा भर्तिमा गएका व्यक्तिहरूको सनतानले नागरीकता नपाउने कुरा अन्याय हो ।’ उनले भने, ‘संसारका विकसित मुलुकहरूले छानिछानी राम्रा ज्ञान, सिप भएका नाम कमाएका मानिसहरूलाई नागरीकता दिएर लान्छन । यसरी नै गैर आवसिय नेपाली नागरीकहरूलाई उनिहरूको साथमा उनिहरूले आर्जन गरेको ज्ञान सिप नेपालमा ल्याउने काम गर्नुपर्छ । जसका गर्दा उनिहरूलाई वंशजको आधारमा नागरीकता दिनुपर्छ ।’ यता कोभिड-१९ को महामारीको व्यवस्थापनमा समेत सरकार असफल रहेको उनले आरोप लागएका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.