धरानको महेन्द्र क्याम्पसले अनलाइन कक्षाको शुल्क लिने भनेपछी अनेरास्ववियुको आपत्ति, निःशुल्क कक्षा सञ्चालन गर्न माग

भाद्र २०, २०७७ – धरानको महेन्द्र बहुमुखि क्याम्पसले संचालन गर्ने अनलाइन कक्षाको शुल्क तिर्नुपर्ने भनि सुचना जारी भएपछि अनेरास्ववियुले आपत्ति प्रकट गरेका छन ।

अनेरास्ववियुका अध्यक्ष सुजन खत्री र अनेरास्ववियु (क्रान्तिकारी) का कार्यवाहक अध्यक्ष रविन श्रेष्ठले विज्ञप्ती जारी गर्दै सुचना तत्काल सच्याई विधार्थीहरूलाई साैहार्दपूर्ण वातावरणमा कक्षा संचालन गर्न समेत माग गरेका छन् । कोभिड १९ ले अर्थतन्त्र तहसनहस भएको बेला विद्यार्थीहरु शुल्क तिर्न असमर्थ रहेकोले हाल कुनै शुल्क नलिई कक्षा सञ्चालनको माग समेत गरिएको छ । हिजो बसेको बैठकले शुल्क सम्बन्धि कुनै पनि निर्णय नगरेको तर क्याम्पस प्रशासनले आधा शुलक तिर्नुपर्ने भनि सूचना प्रकाशित गरेपछी यसको विरूद्ध आवाज उठाएको अध्यक्ष खत्रीले बताएका छन ।

विज्ञप्ती

‘भदौ २८ गतेदेखि सुरू हुने अनलाइन कक्षाको लागी हिजो बेलुकी क्याम्पस प्रशासनले सुचना जारी गर्दै अनलाइन कक्षाको लागी सम्बन्धित सेमेष्टरका विद्यार्थीहरुले तोकिएको सेमेष्टर शुल्कको हाललाई आधा शुल्क नेपाल बैंक लि. मार्फत जम्मा गरी भर्ना हुन भनिएको छ ।’ उनले भने, ‘आधा शुल्क भने परीक्षा फारम भर्दा बुझाउन पनि क्याम्पस प्रशासनले सुचना जारी गरेको छ ।’ विद्यार्थीहरु शुल्क तिर्न असमर्थ रहेकोले सूचना सच्याउन भनिएको छ, त्यसो नभए त्यसबाट उत्पन्न जुनसुकै परिस्थितीको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने उनले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.