राष्ट्रकवि घिमिरेकाे १०१ वर्षकाे उमेरमा निधन

भाद्र ०२, २०७७ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा निधन भएको छ । आज मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा काठमाडौंको कपुर धारास्थित आफ्नै निवासमा उनकाे निधन भएको हो । उनि केही दिन देखि अस्वस्थ रहेकाे उनि निकटकाे भनाइ छ ।

घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका उनी कुशल गीतकार पनि हुन ।

घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधाहरूमा निरन्तर कलम चलाउदै आएका थिए । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनकाे लेखाइहरु दीर्घसाधनाले भरिएका छन ।

घिमिरेले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छिपाएकाे थिए । उनकाे कृति मध्ये नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले, (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.