सत्तारूढ दल नेकपाका अध्यक्षद्वय छलफल गर्दै
श्रावण २९, २०७७ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवादको समाधान खोज्न अहिले छलफल भईरहेको छ ।
श्राेतले जनाए अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्वयका साथ नेकपाका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्यहरु शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी रहेका छन ।
गएको असार १० गते सुरु भएको स्थायी समिति बैठकका लागि निर्धारित कार्यसूची भन्दा बाहिर गएर पार्टीका वरिष्ठ नेताहरुले नै प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद चर्किएको थियाे । विवादकै कारण स्थायी समित बैठक पनि पटकपटक स्थगित हुँदै आएको छ ।