धरानमा ४२औँ पुष्पलाल स्मृति दिवसमा दिप प्रज्वलन

श्रावण ७, २०७७ – नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औ स्मृति दिवसको अवसरमा आज केन्द्रिय प्रविधी क्याम्पस हात्तिसारको प्राङ्गणमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

कार्यक्रम अनेरास्ववियू केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको आयोजनामा भएको हो । पुष्पलाल श्रेष्ठले देशको लागी दिएको योगदानको विशेष सम्झना गर्दै दिप प्रज्वलन गरिएको कार्यक्रम संयोजक तथा अनेरास्ववियु हात्तीसारका अध्यक्ष आशिष प्रधानले बताए । प्रधानले अहिलेको अवस्थामा समेत उनको विचारलाई आत्मसात गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

सुनसरी सह-संयोजक बुद्रोस लिम्बूको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा सुनसरी जिल्ला नेता मणि चामलिङ राई, बिधार्थी फ्रयाक्सन इन्चार्ज बिदुर महत, मोनालिसा श्रेष्ठ, साैरव संजेल, रोसन गिरी लगायत अनेरास्ववियू हात्तीसारका विधार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.