प्याब्सन र एनप्याब्सनको शुल्क उठाउने निर्णयप्रति अनेरास्ववियुको आपत्ति

असार १०, २०७७ – लकडाउनको समयमा निजि विद्यालयहरुलाई विद्यार्थीहरुको मासिक शुल्क नउठाउन सरकारले निर्णय गरे पनि निजि विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले अनिवार्य शुल्क तिर्न जारि गरेको आह्वानप्रति अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियनले आपत्ति जनाएको छ । आज बुधबार युनियनले प्रेस विज्ञप्ती जारि गर्दै प्याब्सन र एनप्याब्सनको उक्त निर्णय प्रति आपत्ति जनाएको छ ।

कोरोना कहरको कारण लकडाउनले विद्यार्थी–अभिभावक चौतर्फी आक्रान्त बनेको बेला निजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुको संगठनले अभिभावकको ढाड सेक्ने निर्णय गरेको छ यो सरासर गलत भएको विज्ञप्तीमा उल्लेख छ । युनियनले सुनसरी जिल्लाभरि सबै शैक्षिक संस्था पुर्णरुपमा बन्द भएको अवस्थामा विद्यार्थी अभिभावकलाई तनावग्रस्त बनाउने गरि शुल्क नउठाउन अग्रह समेत गरेका छन ।

विद्यालय खुलेको समयमा १२ महिना शुल्क तिरेका छन अहिले बाध्यात्मक परिस्थितिमा विद्यालय बन्द हुन जाँदा शुल्क तिराउन गलत हुन जाने युनियनका सुनसरी संयोजक बुद्रोस लिम्बुले बताए । उनले भने लकडाउनको समयमा विद्यालय संचालकहरु शिक्षकलाई तलब खुवाउन नसकिने भनिरहेको छन, यो समयमा आज भन्दा पहिले कमाएको नाफाबाट शिक्षकलाई तलब खुवाउन सकिन्छ । निजि विद्यालयले सामाजिक कार्यप्रति उत्तरदायित्व भुमिका निर्वाह गर्ने बेला अहिले आएको छ अब विद्यार्थीहरुलाई शुल्क नउठाएर पहिलेको नाफाबाट शिक्षकलाइ तलब खुवाएर सामाजिक कार्य गर्न आग्रह समेत गरेका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.