कोरोना संकट न्यूनिकरणलागि प्रेस सेन्टरद्धारा पत्रकारलाई विशेष स्वास्थ्य सामाग्री माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ ले विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोनाभाइरसको संकट न्यूनिकरणलागि अनिर्वाय रुपमा पत्रकारलाई विशेष स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीले आज कोरोनाभाइरसको माहामारीले भित्राएको संकट न्यूनिकरणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएपनि समाचार लेख्न फिल्डमा निस्कने पत्रकारहरुकै स्वास्थ्य जोखिमताको विषयमा राख्य गम्भीर नभएको भन्दै प्रेस वक्तव्य मार्फत त्यस्तो माग गरेका हुन ।
अध्यक्ष जैसीले चीनबाट शुरु भएको उक्त भाइरसको संक्रमण पछिल्लो समय अर्को छिमेकी राष्ट भारतमा समेत फैलिएको जनाउँदै त्यसले नेपालमा उच्च जोखिम निम्तने सम्भापना हरेको भन्दै चिन्ता समेत गरेका छन ।
उनले सरकारले अघि सारेको कोरोनाभारइस न्युनिकरणको नीतिलाई सफल कार्यान्वयन गर्दै, विश्वका अन्य देशमा भैरहेको प्रयासबाट पाठ सिक्दै अघि बढ्न सकेमा त्यसको जोखिम घटाउन सकिने विश्वास समेत व्यक्त गरेका छन । उनले जोखिम न्यूनिकरणको लागि राज्य र नागरिकका सबै क्षेत्रको सहयोग, साथ महत्वपूर्ण हुने बताएका छन ।
संकटको अवस्थामा अत्यावधिक आवश्यकताका वस्तुको बजारमा कृतिम अभाव हुन सक्ने, कालाबजारी, महंगी बढ्न सक्ने प्रति संकेत गर्दै उनले राज्यलाई त्यसतर्फ सचेत समेत गराएका छन ।
उनले संकटपूर्ण अवस्थामा समेत सत्य जानकारी दिनको लागि दिनरात समाचारमा खट्ने पत्रकारहरुको लागि विशेष स्वास्थ्य उपकरणको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन ।
भाइरस संक्रमणको न्यूनिकरणबारे संगठनले तयार पारेको जनहितमा जारी सूचना, अन्य सचेतनामूलक जानकारीहरुको व्यापक प्रचार प्रसार गर्न अनुरोध गदै उनले समाचार सम्प्रेषणमा निरन्तर खटिएका पत्रकारहरुप्रति संगठनको तर्फबाट आभार समेत व्यक्त गरेका छन ।
पत्रकारको लागि विशेष स्वाथ्य उपकरणको व्यवस्था लगाएत विभिन्न पाँच बुदें मागहरु समेट्दै सार्वजनिक गरिएको उक्त विज्ञप्ती मार्फत प्रेस सेन्टर नेपालले गम्भीरतापूर्वक त्यसको कार्यान्वयमा ध्यान दिन सरकारलाई आग्रह समेत गरेको छ । बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ….