धरानमा मेयर पदकाे लागी २३ उमेद्वार र ७ नम्बर वडाको ४ उम्मेद्वार मनोनयन दर्ता
यहि आउँदाे मंसीर १४ मा हुने उपनिर्वाचनका लागी धरानमा रिक्त रहेको मेयर पदकालागी २३ उम्मेद्वारले मनाेनयन दर्ता गरेका छन । त्यसै गरेर ७ नम्बर वडामा वडाध्यक्षकाे रिक्त पदकाे लागी ४ उम्मेद्वारको मनोनय दर्ता भएको छ ।
धरान १५ स्थित पुस्पलालमार्गमा रहेकाे रेयुकाई भवनमा बसेकाे मुख्य नर्विाचन अधिकृतको कार्यालयमा आज (बुधबार) मनोनय दर्ता भएकाे हाे । मेयर पदका लागि १२ राजनितिक दलका उम्मेद्वार, ११ स्वतन्त्र उम्मेद्वार गरी २३ उम्मेद्वारले मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्ता गराउनेहरुमा धरानकाे लागि प्रमुख दल मानिएका नेपाली काग्रेसको तर्फबाट तिलक राईले आफ्नो मनोनयन दर्ता गराएका छन भने नेकपाको तर्फबाट प्रकास राईले मनेनयन दर्ता गराएका छन । त्यस्तै,संघीय लोकतान्त्रिक राष्टिय मञ्चको तर्फबाट अम्बरबहादुर लिम्बु, नेकपा पार्टी (माले)बाट एकराज सुब्बा, समाजवादी पार्टीको तर्फबाट गजेन्द्र बहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट कुमार बराईली, राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट गोकर्ण राई, आमूल परिर्वतन मसिहा पार्टी नेपालका तर्फबाट छत्र बहादुर विश्वकर्म, नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट नित्यराज काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन विश्वकर्मा, साझा पार्टीबाट राजन कुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)को तर्फबाट भिम बहादुर लिम्बु गरि १२ राजनितिक दलका उम्मेद्वार रहेका छन् ।
त्यसै गरेर, स्वतन्त्र उमेद्वारीमा एलिशा राई, रुद्र बस्नेत, कुमार भटराई, दिनेश श्रेष्ठ, जनार्दन कोइराला, दावा सोर्पा, अमृत कुमार राई, मदन राज राई, बिशाल थापा, श्याम कृष्ण पहाडी भुजेल र हर्क राज राई गरि ११ उम्मेद्वारले मनोनयन दर्ता गराएका छन ।
धरानकाे वडा नं ७काे वडाअध्यक्ष रिक्त पदका लागी भने ४ जनाले मात्र उम्मेद्वारी मनोनयन दर्ता गराएका छन । जसमा नेपाली कांग्रेसकाे तर्फबाट सुवर्णमोहन पलिखे, नेकपाकाे तपफर्बाट जीवनराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट दिनेश शाक्य र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाे तर्फबाट निता राईले उम्मेद्वार मनाेनयन गराएका छन् ।