व्यक्तिगत गल्तीको दोष पार्टीले बोक्दैन : सरकार प्रवक्ता
संघीय सरकार प्रवक्ता गोकुप्रसाद बाँस्कोटाले व्यक्तिगत गल्तीको दोष पार्टीले जिम्मा नलिने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपा नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रवक्ता बाँस्कोटाले यस्तो बताएका हुन।
सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका मन्त्री बाँस्कोटाले यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको नाम उच्चारण नगरीकन व्यक्तिको गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने बताएका छन ।
प्रवक्ता बास्कोटाले कहिले काँही गएर नचाहिएको काम गर्ने, हुलहुज्जत गर्ने, इज्जत खेलवाड गर्ने व्यक्तिको उही जिम्मेवार हुने बताए । कम्युनिष्ट पार्टी चरित्र र सम्मान सहितको पार्टी भएको भन्दै उहाँले चिन्तित र तरगिंत नहुन कार्यकर्ताहरुलाई अनुरोध समेत गरेका छन ।