राष्ट्रघाती माथिल्लो कर्णाली परियोजना सम्झौताको बिरोधमा र्याली

सरकारले माथिल्लो कर्णाली परियोजना सम्बन्धी भारतीय कम्पनी जिएमआर सँगको सम्झौताको विरोधमा आज अपरान्ह १२ बजे र्याली प्रदर्शन भएको छ । नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न पार्टी तथा संगठनहरुले उक्त सम्झौता राष्ट्रघाती–जनघाती भएको जिकिर गर्दै विरोध र्याली प्रदर्शन गरेका हुन ।

काठमाण्डौ माइतिघर मण्डलामा आयोजित देखी वानेश्वर संसद भवन सम्म नारा जुलुस गरिएको उक्त र्यालीमा सायौको सहभागिता रहेको छ । उक्त र्याली नेकपा (माओवादी केन्द्र), देजमो नेपाल, नेकपा (माले), जनसमाजवादी पार्टी, पुष्पलाल अध्ययन समाज, राष्ट्रिय पुनजागरण अभियान नेपाल, माथिल्लो कर्णाली बचाय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल, राष्ट्रिय सरोकार अभियान नेपाल लगायतका पार्टी संगठनको संयुक्त आयोजनामा गरिएको हो ।

कालो ब्यकग्राउण्डको ब्यानरमा ”कुख्यात ठेकेदार कम्पनी जिएमआर सँग गरिएको राष्ट्रघाती सम्झौता खारेज गर” नारा लेखिएको व्यानर सहित राष्ट्रघाती सम्झौता खारेज गर ! दलाल व्यवस्था मुर्दावादको नारा घन्काएर र्याली प्रदर्शन गरिएको थियो । उक्त र्यालीमा विभिन्न क्षेत्रबाट विद्यार्थी, महिला र युवाहरुको बाकुलो सहभागि रहेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *