‘साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार–प्रसार गर्नुपर्छ’ – प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आर्थिक विकासका लागि साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार–प्रसार गर्नुपर्ने बताएका छन् ।
गन्तव्य नेपालको १५ औं वार्षिक उत्सवका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको साँकृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गरी विश्वको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने व्यक्त गरे ।
आजै, नेपाल वादोरियो कराते सङ्घले काठमाडौँमा आयोजना गरेको चौथो अन्तराष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्नुहुदै अध्यक्ष प्रचण्डले देश निर्माणमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको बताएका छन् । त्यसै गरि राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले परिषद्ले नेपाली खेललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, जापान लगायतका ३०० खेलाडीको सहभागिता रहेको छ ।