कृषकहरु मैझाराेको चटारोमा (फोटोफिचर)

श्रावण ४, २०७७ – कृषि प्रधान देश नेपालमा असार महिनामा दिन खुल्यो भने कृषकको मुहार अध्यारो हुन्छ । पानी नपर्ने भो बाली लाउनु पाइएन भन्ने पीरमा पर्छन कृषक । जब दिनले कालो बादसहितको अध्याराे दिन ल्याउँछ तब कृषकहरु उज्यालिएका हुन्छन ता की बाली लाउन पाइने कुराले हर्षित हुन्छन । आकाश हेरेर चरा हेरेर याम चिन्ने किसान अहिले घडि हेरेर याम जान्न थालेका छन । जमना डिजिटलको छ मौसम पनि अग्रिम जानकारि पाइसक्ने भएका छन कृषक आधुनिकताको विकास सँगै कृषकहरु आधुनिक खेती तर्फ उन्मुख छन । भन्ने नै हो भने असार साउन महिना कृषकहरुको समृद्धिको महिना हो ।

असार १५ लाई धान दिवस मनाएर धान रोपाइको सुरुवात गर्ने परम्परा भए पनि असार लाग्दा नलाग्दा रोपाइ सुरु गर्ने चलन चल्ती छ । भौगोलिक अवस्था अनुसार धान रोप्ने समय फरक हुन्छ तथापी असार अन्त्य तथा साउनको पहिलो दोश्रो हप्ता सम्म मैझारो गरिसक्छन । अहिले साउन लागेको छ कृषकहरु धमाधम खेतमा मैझारोको चटारोमा छन । कृषकहरुको लागि मैझारो एउटा उत्सव हो त्यसैले मैझारोको समयमा बेसमारी रोपार बाउसे हिले छेपी खेल्छन । मैझारो गर्दा गाउँघर छरछिमेकको जमघट हुन्छ सबै मिलेर मैझारोलाई उत्सव नै मनाउँछन ।

त्यस्ते धरान वडा नम्बर ६ पानमारा पनि कृषि क्षेत्रको रुपमा परिचित छ पानमाराको धानले धरान पालिएको भनाइ पनि सर्वविदितै छ । धरानमा पानमारा मन्सुली ब्राण्डको चामल नपाक्ने धरानमा सायद नहोला । हो अहिले पानमारामा धमाधम मैझारो गर्दैछन कृषकहरु । मैझारोको उत्सव लागेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.